५१ दिनमा ३ मुख्यमन्त्रीको राजीनामा



हाम्रो इकोनोमि

 

 

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राजीनामा दिएका छन् । मुख्यमन्त्री नियुक्ति विवादलाई लिएर सर्वोच्च अदालतमा कार्तिक २४ गते र कार्तिक २५ गते रिट दर्ता भएपछि उनलाई सर्वोच्चकै आदेश अनुसार चाँडै विश्वासको मत लिनु पर्ने बाध्यता आइलाग्यो ।

मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनु प्रावधानमा पनि उनले टेक्न पाएनन् र २२ औँ दिनमा उनले राजीनामा दिए । मन्त्रिपरिषद् विस्तारसमेत गर्न भ्याएनन् । सोमबार अबेर साँझ २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश जारी भयो । विश्वासको मत लिन बुधबार बोलाइएको प्रदेशसभा बैठकमा मन्तव्य राख्दै उनले राजीनामा घोषणा गरे ।

उसो त उनी अघिका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को पनि उस्तै अवस्था बन्यो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मुख्यमन्त्री बनेका सोनलले कार्तिक २२ गते राजीनामा दिनु पर्यो । आफ्नै गठबन्धनका दुई सांसद रहबर अन्सारी र माला कर्णले मत कसैलाई नदिने भनेपछि मुख्यमन्त्री सोनलले विश्वासको मत लिनु अघि नै राजीनामाको घोषणा गरे ।

सोनलअघि जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिश कुमार सिंहले असोज २८ गते राजीनामा दिनु पर्यो । उनको आफ्नै पार्टी जनमत नै सरकारबाट फिर्ता भएपछि उनले विश्वासको मत लिन समय माग्दै राजीनामा दिएका हुन् ।

२०८२ जेठ २३ गते जसपा नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले प्रदेशसभाबाट विश्वासको मत गुमाएपछि २०८२ साल जेठ २५ गते जनमतबाट सतिश कुमार सिंह नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति र संघिय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

भदौ २३ गते देशभर चर्किएको जेन्जी आन्दोलनपछि मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत २०८२ साल भदौ २४ गते पदबाट राजीनामा दिएका थिए । तर पछि मुख्यमन्त्री सिंह सामाजिक सञ्जालमार्फत दिएको राजीनामाबाट पछि हटेपछि उनीविरुद्ध जनमत पार्टीका साथै सत्तारुढ दल नै विपक्षमा उभिएका थिए । त्यसपछि लोसपाका जितेन्द्र सोनल ६ दलका ५७ प्रदेशसभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

कात्तिक २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोज यादवलाई कात्तिक २४ गते बिहानै साढे ५ बजे बर्दिबासको एक होटलमा मुख्यमन्त्रीको शपथ ग्रहण गराएकी थिइन् । यो घटनाक्रमपटि संघीय सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरे भने पछि मधेश प्रदेश सभाका दुई तिहाइ बहुमत सदस्यले एमालेबाटै सभामुख भएका रामचन्द्र मण्डललाई पनि हटाए ।

२२ औँ दिनमा मुख्यमन्त्री सरोज यादवले पनि बहुमत नपुग्ने देखिएपछि राजीनामा दिए । यसरी ५१ दिनमा मधेशमा ३ मुख्यमन्त्रीको राजीनामापछि अर्को मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुख सुरेन्द्र लाभले दाबी गर्न बुधबार आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...