भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी



हाम्रो इकोनोमि

 

 

युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको रूपमा किएभले रुसलाई भूभाग कहिल्यै हस्तान्तरण नगर्ने बताएका छन् ।

द एटलान्टिक पत्रिकालाई अन्तर्वार्ता दिँदै एन्ड्रिय येरमाकले युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी अधिकारीहरूसँग एक साताको छलफलपछि भने, आज कुनै पनि सचेत व्यक्तिले आफ्नो जमिन त्याग्ने कागजातमा हस्ताक्षर गर्ने छैनन् ।

येरमाकले वासिङ्गटनलाई किएभ शान्तिका लागि तयार रहेको र वार्ताका लागि खुल्ला रहेको कुराको आश्वस्त पार्न खोजेका छन् तर, आफ्नो भूभाग त्याग्ने शर्त सीमा बाहिरको भएको स्पष्ट पारेका छन् ।

यसअघि जेलेन्स्कीले जनाएअनुसार जेनेभा वार्ताका आधारमा सम्भावित शान्ति सम्झौतामा सुरक्षा ग्यारेन्टीका लागि युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलहरू यसै साताको अन्त्यमा भेट्ने तयारीमा छन् ।

येरमाकको टिप्पणी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइपछि आएको हो, जसमा उनले शान्ति सम्झौता सम्भव हुनका लागि युक्रेनले भूभाग छोड्नैपर्ने बताएका थिए । यद्यपि, बिहीबार किर्गिस्तानमा भाषण दिँदै पुटिनले डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको २८ बुँदे योजना ‘भविष्यका सम्झौताहरूको आधार’ हुन सक्ने बताए ।

किर्गिस्तान भ्रमणका क्रममा पुटिनले युक्रेनको सेनाले आफ्नो अवैध रूपमा दाबी गरिएको र कब्जा गरिएको क्षेत्रबाट फिर्ता नभएसम्म रूसले हतियार नबिसाउने बताए। उनले डोन्बासमा युक्रेनी सेना फिर्ता भएपछि मात्र युद्ध समाप्त हुने र यदि उनीहरूले त्यसो नगरे सैन्य बल मार्फत लक्ष्य हासिल गरिने चेतावनी दिए ।

पुटिनले रूसी सेनाले युक्रेनको पोक्रोभ्स्क शहरलाई घेरेको र यसको ७० प्रतिशत नियन्त्रण गरेको दाबी गरे, यद्यपि किएभले यसको खण्डन गरेको छ । युक्रेनको पाँच भागको एक भाग रुसले नियन्त्रण गरेको छ। कब्जा गरिएको भूमिको मुद्दा किएभले कहिल्यै नत्याग्ने भनेको छ जुन शान्ति प्रक्रियाको सबैभन्दा ठूलो अवरोधमध्ये एक बनेको छ  ।

यसबाहेक, युक्रेनका लागि पश्चिमी सुरक्षा ग्यारेन्टी वार्ताको अर्को महत्त्वपूर्ण मुद्दा हो, जसलाई भविष्यमा रूसले फेरि आक्रमण गर्नबाट रोक्न आवश्यक रहेको किएभले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...