एमालेको भावी अध्यक्षमा ईश्वर पोखरेलको दाबी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आजको सचिवालय बैठकमा भावी अध्यक्षको लागि औपचारिकरूपमा आफ्नो दाबी पेश गर्ने भएका छन् । मंसिर २७-२९ को महाधिवेशन तयारीलगायतका विषयमा दिउँसो १ बजेदेखि डाकिएको बैठकमा पोखरेलले आफूलाई सर्वसम्मत अध्यक्षमा अघि सार्न प्रस्ताव राख्ने तयारी गरेको निकट स्रोतले बतायो ।

उक्त प्रस्तावमा सहमति नजुटे नेतृत्व चयन चुनावी प्रतिस्पर्धातर्फ अघि बढ्छ । त्यहीअनुसार तयारी हुन्छ’, एक पदाधिकारीले भने । आजको सचिवालय बैठकपछिको अवस्था हेरेर त्यसपछि कसरी कस्तो टीम बनाएर अघि बढ्ने रणनीति बनाइने ती पदाधिकारीले भने । पोखरेलले केही दिनअघि अपिलमार्फत् आफू अघि बढेको सन्देश दिएका थिए ।

उनको भनाइ थियो

आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ । हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ । महाधिवेशन प्रतिनिधिहरूको छनोट मङ्सिर १३ गते देशभर एकै दिन हुँदैछ । जबज को सङ्गठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपिल गर्दछु ।

पार्टी सदस्यता नवीकरण नगरिएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई साथ दिने निर्णय गरेकी छन् । सँगै उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट पनि ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् । त्यसमाथि भण्डारीको सदस्यता रोक्न नहुने मत राख्न नहुने तल्लो तहदेखिका नेताहरू एकठाउँमा छन् । ओली नेतृत्व छाड्ने मनस्थितिमा छैनन् । उनले केहीले नेताहरू पार्टी पुनर्गठन भन्दै अनुशासनहीन तरिकाले प्रस्तुत भएपछि महाधिवेशन गर्न लागेको भन्दै केही दिनअघि कडा अभिव्यक्ति दिएका थिए ।

उनको भनाइ थियो, ठिक छ, महाधिवेशनमा पुनर्गठन गरौँ न त । काम नगर्नेहरू गए हुन्छ, काम गर्ने बसे हुन्छ । कसले काम गरेको छ, छैन कार्यकर्ताले देखेको छ । कार्यकर्ताले फैसला गर्छ, यो दिनरातको र्‍याइँर्‍याइँ । प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने बेलामा आफ्नो राजीनामा मागिएको भन्दै उनले असन्तुष्टि जनाइरहेका छन् । कोर टीमका नेताहरू ओलीबाहेक अरुले नेतृत्व गर्न नसक्ने तर्क दिइरहेका छन् । त्यो तर्कको पछाडि ओली बाहिरिँदा आफूहरू पनि पार्टीको मूलधारबाट बाहिरिनुपर्ने भयले काम गरेको अर्काथरि नेताहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...