विश्व कीर्तिमानी फुर्वा तेन्जिङ शेर्पा हिम पहिरोमा बेपत्ता



हाम्रो इकोनोमि

 

 

दोलखाको रोल्वालिङ हिमश्रृङखलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा पुरिएर सगरमाथाको सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पा बेपत्ता छन् ।

१५ पटक सगरमाथाको सफल आरोहण गरिसकेका दोलखाको गौरीशंकर गाउँपालिका–९ बेदिङका फुर्वा तेन्जिङ शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महत्तोले जानकारी दिए ।

फुर्वा तेन्जिङ २४ वर्षको उमेरमै ९ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखिसकेका विख्यात आरोही हुन् ।

ड्रिम्स डेस्टिनेसन ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीको व्यवस्थापनमा डोल्मा खाङ हिमाल र आरोहणका लागि तीन विदेशी आरोही र ५ जना नेपाली टुरिष्ट गाइडसहित ८ जना र स्थानीय गाइड समेत १४ जना यलुङ री बेस क्याम्प पुगेको थियो ।

हिमाल आरोहणको अनुमति लिने तर स्थानीय प्रशासनमा समेत त्यसको विवरण नहुने भएकाले आरोहीहरुको पहिचान र विस्तृत विवरण खुल्न कठिन भएको हो ।

घटनास्थलतर्फ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । लामा बगरको गोंगरबाट खटिएको करिवब ५० जनाको सुरक्षा टोली ना गाउँ गइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

खराब मौसमका कारण सोमबार दिनभर हेलिकोप्टर परिचालन भए पनि रात परेका कारण उद्धारको काम हुन सकेको थिएन ।

मंगलबार बिहान ४ जना घाइतेको हेलिकप्टरमार्फ़त उद्धार भएको दोलखा प्रहरीले जनाएको छ । चार जना मध्ये २ जना नेपाली र २ जना विदेशी छन । उद्धार भएका बिरामीको नाम खुलेको छैन ।

प्रहरीका अनुसार हिमाल आरोहणका लागि गएका ७ विदेशी सहित १४ जनाको समूहमध्ये ३ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् । बाँकी ४ जनाको हेलिकप्टर मार्फ़त उद्धार भएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...