देशका कुन राजमार्गको अवस्था कस्तो छ, हेर्नुहोस सुची



हाम्रो इकोनोमि

 

 

काठमाडौं उपत्यका लगायत अहिले देशका अधिकांश स्थानमा वर्षा रोकिए पनि केही राजमार्गहरू भने अवरुद्ध नै छन् । काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । नाकाहरूको आवागमन पनि सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । तर बाढी पहिरोका कारण विभिन्न सडकखण्डहरुको अवस्था अहिले पनि असामान्य छ ।

देशका कुन राजमार्गहरूको अवस्था कस्तो छ  ?

बिपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका  ११ माम्तीखोला, बुलढुंगा र डालावेशीमा पहिरोका कारण आवत-जावत अवरुद्ध रहेको छ ।

कोशी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् ।

पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...