देशका कुन राजमार्गको अवस्था कस्तो छ, हेर्नुहोस सुची



हाम्रो इकोनोमि

 

 

काठमाडौं उपत्यका लगायत अहिले देशका अधिकांश स्थानमा वर्षा रोकिए पनि केही राजमार्गहरू भने अवरुद्ध नै छन् । काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । नाकाहरूको आवागमन पनि सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । तर बाढी पहिरोका कारण विभिन्न सडकखण्डहरुको अवस्था अहिले पनि असामान्य छ ।

देशका कुन राजमार्गहरूको अवस्था कस्तो छ  ?

बिपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका  ११ माम्तीखोला, बुलढुंगा र डालावेशीमा पहिरोका कारण आवत-जावत अवरुद्ध रहेको छ ।

कोशी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् ।

पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस
विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ संगठनको वक्तव्य

  नेपाली कांग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । महामन्त्रीद्वय...

पूर्णबहादुरको पत्रकार सम्मेलन स्थगित

     नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन...

पत्रकार सम्मेलन गर्दै कार्यवाहक सभापति खड्का

    नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर विवाद चुलिँदै गएको बेला कार्यवाहक सभापति...

विशेष महाधिवेशनको तयारी तिब्र, पार्टी फुटने संकेत

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७...