अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय



हाम्रो इकोनोमि

 

नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे टीमको तर्फबाट महासचिव पदको उम्मेदवार तय भएको जानकारी विश्वस्त सूत्रबाट प्राप्त भएको छ। हाल बाल्टिमोरस्थित नेपालीहरूको साझा संस्था बानाका महासचिव रहेका सलिन बस्नेतको नेपाली जनसम्पर्क समिति अमेरिकाको आसन्न केन्द्रीय अधिवेशनका लागि घिमिरे समूहबाट महासचिव पदका लागि उम्मेदवारी तय भएको हो।

सलिन बस्नेत, घिमिरे नेतृत्वको जनसम्पर्कको डीसी-मेरिल्याण्ड-भर्जिनिया (डिएमभी) च्याप्टरको उप-सभापति पनि हुन्। नेपालमा हीरवन नगरपालिका-५, सर्लाही निवासी बस्नेत नेपाल छॅंदा ने. वि. संघ र नेपाली कांग्रेसको संगठनमा सक्रियतापूर्वक संलग्न थिए। शंकरदेव क्याम्पस ने.वि. संघका नेता बस्नेत नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि समेत भएका थिए। वबहुदलीय व्यवस्था पुनर्स्थापनापछि सम्पन्न भएको पहिलो स्थानीय निकायको निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका प्रत्यासी पनि थिए।

सन् २०१७ मा अमेरिका आएका बस्नेत करिब पाँच महिना अघि भएको बानाको निर्वाचनमा १००१ को अत्यधिक मत प्राप्त गरी महासचिव पदमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...