अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय



हाम्रो इकोनोमि

 

नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे टीमको तर्फबाट महासचिव पदको उम्मेदवार तय भएको जानकारी विश्वस्त सूत्रबाट प्राप्त भएको छ। हाल बाल्टिमोरस्थित नेपालीहरूको साझा संस्था बानाका महासचिव रहेका सलिन बस्नेतको नेपाली जनसम्पर्क समिति अमेरिकाको आसन्न केन्द्रीय अधिवेशनका लागि घिमिरे समूहबाट महासचिव पदका लागि उम्मेदवारी तय भएको हो।

सलिन बस्नेत, घिमिरे नेतृत्वको जनसम्पर्कको डीसी-मेरिल्याण्ड-भर्जिनिया (डिएमभी) च्याप्टरको उप-सभापति पनि हुन्। नेपालमा हीरवन नगरपालिका-५, सर्लाही निवासी बस्नेत नेपाल छॅंदा ने. वि. संघ र नेपाली कांग्रेसको संगठनमा सक्रियतापूर्वक संलग्न थिए। शंकरदेव क्याम्पस ने.वि. संघका नेता बस्नेत नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि समेत भएका थिए। वबहुदलीय व्यवस्था पुनर्स्थापनापछि सम्पन्न भएको पहिलो स्थानीय निकायको निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका प्रत्यासी पनि थिए।

सन् २०१७ मा अमेरिका आएका बस्नेत करिब पाँच महिना अघि भएको बानाको निर्वाचनमा १००१ को अत्यधिक मत प्राप्त गरी महासचिव पदमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...