सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव



हाम्रो इकोनोमि

 

 

चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा यहाँका हात्तीलाई वनभोज खुवाइयो । सौराहा र आसपासका निजी तथा सरकारी गरी ६० वटा हात्तीलाई वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको हो । संस्थाले हरेक वर्ष हात्ती महोत्सव गर्दै आएको छ ।

हात्तीलाई फलफूल, भेली, उखु लगायतका परिकार खुवाइएको थियो । सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन साथै हात्तीले सबै खानाको स्वाद लिन पाउने गरी वनभोज कार्यक्रम राखिएको आयोजकले बताएका छन् । हात्तीलाई काममा मात्र नभई पालनपोषणको पनि सन्देश दिनु कार्यक्रमको उद्देश्य मानिन्छ । महोत्सव अवलोकनका लागि पर्यटकको पनि भिड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...