सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव



हाम्रो इकोनोमि

 

 

चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा यहाँका हात्तीलाई वनभोज खुवाइयो । सौराहा र आसपासका निजी तथा सरकारी गरी ६० वटा हात्तीलाई वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको हो । संस्थाले हरेक वर्ष हात्ती महोत्सव गर्दै आएको छ ।

हात्तीलाई फलफूल, भेली, उखु लगायतका परिकार खुवाइएको थियो । सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन साथै हात्तीले सबै खानाको स्वाद लिन पाउने गरी वनभोज कार्यक्रम राखिएको आयोजकले बताएका छन् । हात्तीलाई काममा मात्र नभई पालनपोषणको पनि सन्देश दिनु कार्यक्रमको उद्देश्य मानिन्छ । महोत्सव अवलोकनका लागि पर्यटकको पनि भिड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ संगठनको वक्तव्य

  नेपाली कांग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । महामन्त्रीद्वय...

पूर्णबहादुरको पत्रकार सम्मेलन स्थगित

     नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन...

पत्रकार सम्मेलन गर्दै कार्यवाहक सभापति खड्का

    नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर विवाद चुलिँदै गएको बेला कार्यवाहक सभापति...

विशेष महाधिवेशनको तयारी तिब्र, पार्टी फुटने संकेत

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७...