गीताप्रेस नेपाल द्वारा निःशुल्क बस सेवा प्रदान



हाम्रो इकोनोमि

 

 

श्रावण महिनाको सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भक्तजनहरुलाई लक्षित गरी गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले पशुपति विकास कोषसँगको सहकार्यमा मयुर यातायातको बस मार्फत पहिलो र दोस्रो सोमबार विहान ४ बजेदेखि १० बजेसम्म निःशुल्क बस सेवा प्रदान गरिएकोमा अब आउने तेस्रो सोमबार श्रावण १९ गते र चौथो सोमबार श्रावण २६ गतेका दिन उक्त बस सेवा विहान ५ बजे देखि संचालन हुने जानकारी गराउँदछौँ ।

पहिलो नम्बरको रुट बल्खुबाट सुरु भई एकान्तकुना, सातदोबाटो, कोटेश्वर, तिनकुने, एयरपोर्ट हुँदै पशुपतिनाथ मन्दिरसम्म पुग्ने छ र दोस्रो नम्बरको रुट बल्खुबाट सुरु भई नयाँ बसपार्क, कलंकी, स्वयम्भु, नारायणगोपाल चोक, चाबहिल हुँदै पशुपतिनाथ मन्दिरसम्म सेवा उपलब्ध हुने छ । बस सेवा पूर्ण रूपमा निःशुल्क रहेको हुँदा सबै भक्तजनलाई विहान ५ बजेदेखि उपरोक्त रुटमा संचानलन हुने बस
सेवा प्रयोग गरी लाभ लिनु हुन अनुरोध गर्दछौँ ।

साउन महिनामा पशुपतिनाथ मन्दिरमा श्रद्धालुहरूको अत्यधिक भीड हुने भएकाले भीड व्यवस्थापन र भक्तजनको सुविधाका लागि यस सेवाबाट सहज र सुरक्षित रूपमा मन्दिर दर्शन गर्न सकुन भन्ने उद्देश्यले पशुपति विकास कोषसँगको सहकार्यमा, मयुर यातायात बसद्वारा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको प्रायोजनमा संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...