माधवको पार्टीका सयौ नेता-कार्यकर्ता एमालेमै फर्किए



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले पार्टी बिभाजन गरेकोमा पछुतो गर्ने बिन्दुमा पुगिरहेको बेला ग्रासरुटका अधिकांश नेता कार्यकर्ताहरु आफ्नो पुरानो घर नेकपा एमालेमा फर्कन थालेका छन ।

माधव नेपालले आफ्नो ब्यक्तिगत स्वार्थ र चरम पदमोहका एमालेबाट ‘बिद्रोह’ को नाममा पार्टी बिभाजन गरेको तथ्य थाह पाएपछि पुरानो घर फर्कने क्रम ह्वात्तै बढेको हो । यही क्रममा शुक्रवार अर्थात आज नेकपा एकीकृत समाजवादीका बागमति प्रदेशका नेताहरु आफ्नो मुलघर एमालेमै फर्कनुभएको छ ।

यसरी फर्कनेमा पेशागत महासंघ बागमति प्रदेशका कार्यबहाक अध्यक्ष डा. लछी सिंहसहित मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका अधिकांश नेताहरु रहनुभएको छ । पालिका कमिटी अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेत, सचिवालय सदस्यहरु जगत स्याङतान, दिपेश थोकर, अनिल रुम्बालगायत हुनुहुन्छ ।

नेकपा एमाले केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेल, बागमति इञ्चार्ज डा. राजन भट्टराई, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैलासहितका नेताहरुले उहाँहरुलाई पार्टीमा खादा लगाएर स्वागत गर्नुभयो । कार्यक्रममा पेशागत महासंघका १३ वटा जिल्ला अध्यक्षसमेत एमालेमै फर्किएको जानकारी दिइएको थियो ।

सो अवसरमा स्वागत गर्दै एमालेम हासचिव शंकर पोखरेलले नेताहरु नै पार्टी बिभाजन गलत थियो भन्ने निश्कर्षमा पुगिसकेको बेला एमालेमै फर्कने निर्णय सही रहेको भन्दै अव देशभर यही अभियान चलाउन सुझाव दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...