माधवको पार्टीका सयौ नेता-कार्यकर्ता एमालेमै फर्किए



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले पार्टी बिभाजन गरेकोमा पछुतो गर्ने बिन्दुमा पुगिरहेको बेला ग्रासरुटका अधिकांश नेता कार्यकर्ताहरु आफ्नो पुरानो घर नेकपा एमालेमा फर्कन थालेका छन ।

माधव नेपालले आफ्नो ब्यक्तिगत स्वार्थ र चरम पदमोहका एमालेबाट ‘बिद्रोह’ को नाममा पार्टी बिभाजन गरेको तथ्य थाह पाएपछि पुरानो घर फर्कने क्रम ह्वात्तै बढेको हो । यही क्रममा शुक्रवार अर्थात आज नेकपा एकीकृत समाजवादीका बागमति प्रदेशका नेताहरु आफ्नो मुलघर एमालेमै फर्कनुभएको छ ।

यसरी फर्कनेमा पेशागत महासंघ बागमति प्रदेशका कार्यबहाक अध्यक्ष डा. लछी सिंहसहित मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका अधिकांश नेताहरु रहनुभएको छ । पालिका कमिटी अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेत, सचिवालय सदस्यहरु जगत स्याङतान, दिपेश थोकर, अनिल रुम्बालगायत हुनुहुन्छ ।

नेकपा एमाले केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेल, बागमति इञ्चार्ज डा. राजन भट्टराई, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैलासहितका नेताहरुले उहाँहरुलाई पार्टीमा खादा लगाएर स्वागत गर्नुभयो । कार्यक्रममा पेशागत महासंघका १३ वटा जिल्ला अध्यक्षसमेत एमालेमै फर्किएको जानकारी दिइएको थियो ।

सो अवसरमा स्वागत गर्दै एमालेम हासचिव शंकर पोखरेलले नेताहरु नै पार्टी बिभाजन गलत थियो भन्ने निश्कर्षमा पुगिसकेको बेला एमालेमै फर्कने निर्णय सही रहेको भन्दै अव देशभर यही अभियान चलाउन सुझाव दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...