स्टालिनकै शैलीमा ओली-प्रचण्डले विरोधीको सफाया गरे : बाबुराम



हाम्रो इकोनोमि

 

 

नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष प्रचण्डले स्टालिनकै शैलीमा पार्टीमा विरोधी नेताहरूलाई पालैपालो राजनीतिक र सांगठानिक सफाया गर्दै आइरहेको आरोप लगाएका छन् । दुवै पार्टीमा अन्तरसंघर्ष चर्किरहँदा बेलामा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मूल नेतृत्वसँग आँखा जुधाउने वा उसको आलोचना गर्ने नेता-कार्यकर्तालाई विभिन्न आरोप लगाएर पार्टी र सत्ताबाट सदाको निम्ति बिदा गर्ने प्रवृत्ति उत्तिकै हाबी भएको बताएका हुन् ।

ओली र प्रचण्डको फोटो राख्दै उनले भनेका छन्, अहिले नेपालका कम्युनिस्ट मठाधीशहरूले पनि आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र साङ्गठनिक सफाया गर्ने बाटो समाउनु इतिहासको ठूलो विडम्बना नभए के होला त ?

उनले इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ वैकल्पिक बाटो खोजी गर्नुपर्ने आवश्यक रहेको बताएका छन् । उनले थपेका छन्, अझै पुरानै एकमनावादी, नोकरशाही केन्द्रीयतावादी कम्युनिस्ट पार्टीमा भावनात्मक ढङ्गले टाँसिएर बसिरहेका र पार्टी सुप्रिमोले पहिले एउटा कमरेडलाई ठोक्दा ताली पिट्ने अनि पछि आफ्नै पालो आउँदा एक्लै आँसु झार्ने साथीहरूले इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ वैकल्पिक बाटो खोजी र निर्माण गर्ने साहस गर्ने कि ?

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...