रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीच नयाँ लफडा सुरु



हाम्रो इकोनोमि

 

 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पत्नीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग पोखराको लिची बगैंचाको जग्गा नामसारी गर्न भएको घुसकाण्डबारे जवाफ दिन माग गरेका छन् । उनले पार्टीको केन्द्रीय समिति बैठकमा आएर जवाफ दिन चुनौती दिएका हुन् ।

फेसबुकमा एक भिडिओ सन्देश जारी गर्दै उनले भने,  उहाँले अरूको बारेमा लेख्नुहुन्न, पार्टीभित्र विभाजन मात्रै ल्याउन खोज्नुहुन्छ । यो बैठक विधानतः बोलाइएको हो । त्यो बैठकमा मलाई विशेष आमन्त्रण गरिएको छ । नाउपाको बैठक वैधानिक वा अवैधानिक भनेर व्याख्या गर्ने को  ? परिचालित व्यक्ति होइन र  ? उनले पार्टीलाई अगाडि बढाउन छलफल गर्न आवश्यक भएको भन्दै बैठकमा आउन आग्रह गरे । श्रेष्ठले अहिले बोलाइएको बैठक वैधानिक होइन भनेर पन्छिन नपाउने चौधरीको भनाइ छ ।

उनले थपे अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन । तपाईँका कारण सिर्जना भयो । तपाईँका कारण उत्पन्न सिर्जना भए पनि हामीले तपाईँसँग सम्पर्क राख्ने प्रयास गरेकै छौँ । तपाईँ केन्द्रीय समितिको बैठकमा आउनुपर्छ । स्पष्टरूपमा जवाफ दिनुपर्छ । जनता अन्योलमा छन्, हाम्रो पार्टीको अध्यक्षलाई मुद्दा लाग्यो खै त जवाफ दिनुभएको हो  ? एउटा मुखले मात्रै बोलेर हुँदैन । केन्द्रीय समितिमा आएर तपाईँले आफ्नो भावना राख्नुभयो भने भोलि लाख मुखले तपाईँको पक्ष वा विपक्षमा कुराकानी गर्ला । उनले पार्टीलाई बन्धक वा निरंकूश बनाउन नपाइने भन्दै निकास दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...