चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान



हाम्रो इकोनोमि

 

अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई वटा विधामा अन्तर्र्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । थाइल्याण्डको फुकेटस्थित र्याडिसन रिसोर्ट एन्ड सुइट्समा सम्पन्न ‘ग्लोब समिट, २०२५’ मा चर्चिल इन्स्टिच्युटले उत्कृष्ट सम्मेलनपत्र र उत्कृष्ट प्रस्तुतिकरण विधामा उक्त सम्मान प्राप्त गरेको चर्चिल इन्स्टिच्युटका निर्देशक सागर लोहनीले बताए ।

‘ग्लोबल लिडरसिप इन हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट’ शीर्षकमा आयोजित दोस्रो संस्करणको ग्लोब समिट यही जुन २१ देखि २३ सम्म आयोजना भएको थियो । निर्देशक लोहनीले भने, “यो सम्मानले विश्वको आतिथ्यता र पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउने अनुसन्धानप्रतिको हाम्रो प्रतिबद्धतामा थप बल पुगेको छ, यस अन्तर्राष्ट्रिय मञ्चमा चर्चिलकोतर्फबाट प्रतिनिधित्व गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौँ ।” सम्मेलन पर्यटन तथा आतिथ्य क्षेत्रमा नवप्रवर्तन, दिगोपना र नेतृत्व विषयमा केन्द्रित थियो ।

सम्मेलनमा विश्वभरका पर्यटन, आतिथ्य र शिक्षा क्षेत्रका विज्ञ, प्राध्यापक तथा उद्योग नेतृत्वकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो । त्यस अवसरमा चर्चिल इन्स्टिच्युटका प्राध्यापकहरूले प्रस्तुत गरेका दुई अनुसन्धानपत्रले सबैको ध्यान खिचेको थियो । सम्मेलनमा डा सिद्धार्थ जैन, डा सय्यद महमुद अहमद र डा रोन्सिनले सम्मेलनपत्र प्रस्तुत गरेका थिए । साथै प्रस्तुतिकरणतर्फ प्रस्तुतकर्ता डा थोमस डेनिगनका साथमा सहलेखकहरु डा सिद्धार्थ जैन र डा सय्यद महमुद अहमद थिए ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...