मालपोतले समय मै सेवा दिएको छ : रमेश प्रसाद गौतम, प्रमुख मालपोत अधिकृत, भरतपुर



हाम्रो इकोनोमि

 

 

 

चितवन जिल्ला भरतपुर मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत रमेश प्रसाद गौतमसँग हाम्रो इकोनोमी डट कमका चितवन संवातदाता ईश्वरी सिंहले गरेको कुराकानी ।

 झण्डै २ बर्षको कार्यकालमा यस मालपोत कार्यालयमा के के सुधार गर्नूभयो ?

मैले आफ्नो कार्यकालमा रहि रहेको अवस्थामा लेखापढि गर्ने ब्यक्तिहरुलाई मालपोत भित्र छिर्न रोक लगाएको छु । पुर्ण भु -सेवा प्रदान गर्नुको साथै तामेली ब्यवस्थापनमा सुधार गरेको छु । त्यसैगरी भौतिक रुपमा मालपोत कार्यालय जिर्ण बन्दै गएको स्थानहरुमा मर्मत सम्भार गरेर त्यसको ब्यवस्थापन गरेको छु ।

जग्गा दर्ता र प्लटिङमा ठुलोमात्रामा अर्थिक लेनदेन हुने गरेको जनगुनासो आएको छ यसमा तपँँइको भनाई के छ  ?

जग्गा दर्ता र प्लटिङ्गमा हुने गरेको आर्थिक लेनदेनकोे बारेमा अहिले सम्म म समक्ष कुनै पनि विषयहरु आइ पुगेको छैन । वास्तवमा भन्नूपर्दा यो विषय मालपोत कार्यालय अन्तर्गत पर्दै -पर्दैन । यो विषय सरकार, महानगर र वडाको मातहतमा पर्दछ । वडाबाट आएको सिफारिसको आधारमा नै मालपोतले काम गर्ने हो ।

घरजग्गाको कारोबारमा पहिलाभन्दा मन्दी आएको हो  ?

कोरोना भन्दा अघि दिनको लगभग ३०० वटा हाराहारीमा जग्गा पास हुने गर्थ्यो भने अहिले दिनको ५०-६० वटा जग्गा मात्र पास हुने गर्दछ । यो क्षेत्रमा मन्दी आएकै हो ।

सेवग्राहीले एकै दिनमा आफ्नो काम सकेर जाने अवस्था छ कि छैन  ?

कागजपत्रहरु नपुग भयो भने मात्र सेवाग्राहीहरुलाइ धेरै समय लाग्ने हो । नियम अनुरुप सबै कागजपत्रहरु पूरा  भएको छ भने मालपोतले समय मै सेवा दिने गरेको छ ।

अन्त्यमा तपाँइको आफ्नो केहि भन्नु छ  ?

भरतपुर महानगरपालिका अन्तर्गत रहेको मालपोत कार्यालयको भौतिक अवस्था सुधार गर्नुको साथै नयाँ भवन निर्माण गरेर नमुना मालपोत बनाउने मेरो योजना छ । सेवाग्राहीहरुलाइ लेखापढिको मात्र बिश्वास गरेर काम नगर्नु भन्न चाहान्छु । अहिले online system बाट पनि मालपोतको काम गर्न सकिन्छ तर सबैलाई यस बारेमा जानकारी नहुँदा यो system ल्याउन हतार गरिएको हो कि भन्ने लागेको छ । संबिधानमा जग्गाधनी प्रमाण पुर्जा स्थानीय तहले हेर्ने भनिए ता पनि हेरिएको छैन, यो छिटो कार्यान्वयन हुनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...