मालपोतले समय मै सेवा दिएको छ : रमेश प्रसाद गौतम, प्रमुख मालपोत अधिकृत, भरतपुर



हाम्रो इकोनोमि

 

 

 

चितवन जिल्ला भरतपुर मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत रमेश प्रसाद गौतमसँग हाम्रो इकोनोमी डट कमका चितवन संवातदाता ईश्वरी सिंहले गरेको कुराकानी ।

 झण्डै २ बर्षको कार्यकालमा यस मालपोत कार्यालयमा के के सुधार गर्नूभयो ?

मैले आफ्नो कार्यकालमा रहि रहेको अवस्थामा लेखापढि गर्ने ब्यक्तिहरुलाई मालपोत भित्र छिर्न रोक लगाएको छु । पुर्ण भु -सेवा प्रदान गर्नुको साथै तामेली ब्यवस्थापनमा सुधार गरेको छु । त्यसैगरी भौतिक रुपमा मालपोत कार्यालय जिर्ण बन्दै गएको स्थानहरुमा मर्मत सम्भार गरेर त्यसको ब्यवस्थापन गरेको छु ।

जग्गा दर्ता र प्लटिङमा ठुलोमात्रामा अर्थिक लेनदेन हुने गरेको जनगुनासो आएको छ यसमा तपँँइको भनाई के छ  ?

जग्गा दर्ता र प्लटिङ्गमा हुने गरेको आर्थिक लेनदेनकोे बारेमा अहिले सम्म म समक्ष कुनै पनि विषयहरु आइ पुगेको छैन । वास्तवमा भन्नूपर्दा यो विषय मालपोत कार्यालय अन्तर्गत पर्दै -पर्दैन । यो विषय सरकार, महानगर र वडाको मातहतमा पर्दछ । वडाबाट आएको सिफारिसको आधारमा नै मालपोतले काम गर्ने हो ।

घरजग्गाको कारोबारमा पहिलाभन्दा मन्दी आएको हो  ?

कोरोना भन्दा अघि दिनको लगभग ३०० वटा हाराहारीमा जग्गा पास हुने गर्थ्यो भने अहिले दिनको ५०-६० वटा जग्गा मात्र पास हुने गर्दछ । यो क्षेत्रमा मन्दी आएकै हो ।

सेवग्राहीले एकै दिनमा आफ्नो काम सकेर जाने अवस्था छ कि छैन  ?

कागजपत्रहरु नपुग भयो भने मात्र सेवाग्राहीहरुलाइ धेरै समय लाग्ने हो । नियम अनुरुप सबै कागजपत्रहरु पूरा  भएको छ भने मालपोतले समय मै सेवा दिने गरेको छ ।

अन्त्यमा तपाँइको आफ्नो केहि भन्नु छ  ?

भरतपुर महानगरपालिका अन्तर्गत रहेको मालपोत कार्यालयको भौतिक अवस्था सुधार गर्नुको साथै नयाँ भवन निर्माण गरेर नमुना मालपोत बनाउने मेरो योजना छ । सेवाग्राहीहरुलाइ लेखापढिको मात्र बिश्वास गरेर काम नगर्नु भन्न चाहान्छु । अहिले online system बाट पनि मालपोतको काम गर्न सकिन्छ तर सबैलाई यस बारेमा जानकारी नहुँदा यो system ल्याउन हतार गरिएको हो कि भन्ने लागेको छ । संबिधानमा जग्गाधनी प्रमाण पुर्जा स्थानीय तहले हेर्ने भनिए ता पनि हेरिएको छैन, यो छिटो कार्यान्वयन हुनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...