विश्व वातावरण दिवसमा विष्णूमती लिंक रोड आसपास क्षेत्रमा वृक्षारोपण गरिने



हाम्रो इकोनोमि

 

 

हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसको अवसर पारेर विष्णूमती लिंक रोड आसपास क्षेत्रमा बृहत वृक्षारोपण कार्यक्रम हुने भएको छ । सुन्दर हरियाली सहरको परिकल्पनाका साथ यहि जेठ २२ गते बिहान वृक्षारोपण गर्न लागिएको हो । नेपाल ग्रिस मैत्री तथा सांस्कृतिक संघ, काठमाडौँ महानगरपालिका वडा नम्बर १९ र जिल्ला होटल व्यवसायी संघ काठमाडौँको आयोजनामा गरिने वृक्षारोपण कार्यक्रममा माननीय उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह सहभागी हुनेछन् ।

कार्यक्रममा नेपाल खड्की सेवा समितिको मौलिक बाजागाजासहित सहभागिता रहने आयोजकसमेत रहेको जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालले जानकारी दिए । बढ्दो जलवायु परिवर्तन र यसको न्यूनीकरणका लागि टेवा दिने उद्देश्यले समाजमा जागरण ल्याउन सो दिन वृक्षारोपणमार्फत सन्देश दिन खोजेको हुँदा सहभागी हुन आयोजक संस्थाहरुले आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...