बुढानिलकण्ठ नगर प्रहरी प्रमुखमा दिनेश देउजा नियुक्त



हाम्रो इकोनोमि

 

 

बुढानिलकण्ठ नगरपालिका प्रहरी प्रमुखमा दिनेश देउजा नियुक्त भएका छन् । खुल्ला प्रतिस्पर्धाबाट नगर प्रहरी निरीक्षक पदमा नियुक्त भएका देउजालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

नगरको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला लगायतको उपस्थितिमा निरीक्षक देउजालाई दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रहरी प्रमुख पदमा नियुक्त गरिएको हो । नेपाल प्रहरीबाट सेवामा प्रवेस गरेका बुढानिलकण्ठ -११ कपन निवासी देउजा सशत्र प्रहरी बलको निरीक्षक पदबाट सेवा निवृत भएका थिए ।

नगर प्रहरी निरीक्षक देउजाले आगामी दिनमा नगर भित्र हुने विभिन्न किसिमका सुरक्षा तथा अन्य गतिविधिमा सकृय ढंगले टोली परिचालन गर्ने बताए । विगतमा विभिन्न जिल्लाका बिपद् ब्यवस्थापन तथा अन्य जोखिमपूर्ण जिम्मेवारी सफल रुपमा निर्वाह गर्दै आएका देउजाले नगरको नेतृत्व सफल रुपमा निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...