अमेरिका विश्वबाट एक्लिने ट्रम्पलाई सीको चेतावनी



हाम्रो इकोनोमि

 

 

चीनिया राष्ट्रपति सी जीन पिङले अमेरिकाप्रति लक्षित गर्दै भन्सार दस्तूर बढाउने युद्धमा कोही पनि बिजेता नहुने र विश्वको विरुद्ध जान खोज्नेहरु आफैं एक्लिने चेतावनी दिएका छन् ।

स्पेन भ्रमणमा रहेका राष्ट्रपति सीले त्यहाँका प्रधानमन्त्रीसँगको भेटमा विगत सात दशकमा भएको चीनको विकास आत्मविश्वास र कठिन महेनतको परिणाम हो भन्दै कुनै देशको समर्थनबाट नभएको समेत प्रष्ट पारेका छन् । चीनिया कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका सीले चीन आफ्नै बलबुता र आफ्नै सिद्धान्तबाट अघि बढेको भन्दै वाह्य वातावरण परिवर्तनले बेइजिङलाई कुनै असर नगर्ने प्रष्ट पारे ।

अमेरिकाले चीनमाथि १३४ प्रतिशत भन्सार कर बढाएको जवाफमा चीनले पनि अमेरिकी उत्पादनमाथि १२५ प्रतिशत कर लगाएको छ । यो व्यापार युद्दमा चीनले नहार्ने र अमेरिका विश्वबाट एक्लिने चेतावनी सीले दिएका छन् । उनले चीन र युरोपेली युनियनले आफ्ना अन्तर्राष्ट्रिय जिम्मेवारीलाई साझेदारी रुपमा पूरा गर्दै अन्तर्राष्ट्रिय व्यापारलाई मर्यादित बनाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...