अमेरिका विश्वबाट एक्लिने ट्रम्पलाई सीको चेतावनी



हाम्रो इकोनोमि

 

 

चीनिया राष्ट्रपति सी जीन पिङले अमेरिकाप्रति लक्षित गर्दै भन्सार दस्तूर बढाउने युद्धमा कोही पनि बिजेता नहुने र विश्वको विरुद्ध जान खोज्नेहरु आफैं एक्लिने चेतावनी दिएका छन् ।

स्पेन भ्रमणमा रहेका राष्ट्रपति सीले त्यहाँका प्रधानमन्त्रीसँगको भेटमा विगत सात दशकमा भएको चीनको विकास आत्मविश्वास र कठिन महेनतको परिणाम हो भन्दै कुनै देशको समर्थनबाट नभएको समेत प्रष्ट पारेका छन् । चीनिया कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका सीले चीन आफ्नै बलबुता र आफ्नै सिद्धान्तबाट अघि बढेको भन्दै वाह्य वातावरण परिवर्तनले बेइजिङलाई कुनै असर नगर्ने प्रष्ट पारे ।

अमेरिकाले चीनमाथि १३४ प्रतिशत भन्सार कर बढाएको जवाफमा चीनले पनि अमेरिकी उत्पादनमाथि १२५ प्रतिशत कर लगाएको छ । यो व्यापार युद्दमा चीनले नहार्ने र अमेरिका विश्वबाट एक्लिने चेतावनी सीले दिएका छन् । उनले चीन र युरोपेली युनियनले आफ्ना अन्तर्राष्ट्रिय जिम्मेवारीलाई साझेदारी रुपमा पूरा गर्दै अन्तर्राष्ट्रिय व्यापारलाई मर्यादित बनाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...