पूर्वराजालाई संसदीय समितिमा बोलाउन प्रस्ताव



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे छानबिन गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिको बैठकमा बोलाउन प्रस्ताव गरेका छन् । कानून समितिको बैठकमा बोल्दै उनले पूर्वराजालाई समितिको बैठकमा बोलाएर मानव अधिकार उल्लंघन हो कि होइन ? भन्नेबारे सोध्नुपर्ने बताए । परियारले पूर्वराजालाई एउटा नागरिकको हैसियतले यस्तो गर्न पाउनुहुन्छ ? भन्दै सोध्नलाई समितिमै ल्याउनुपर्ने तर्क गरेका छन् । उनले संविधानको नजरमा सबै बराबरी रहेको भन्दै अराजकता मच्चाउने छुट कसैलाई नभएको बताए ।

परियारले थपे, ‘हिजो हामीले १०४ वर्षे राणा शासन एउटा जहानियाँ थियो । एउटा परिवारको थियो । तत्कालीन शाहहरू पनि खोपीमा थिए । राजाहरूको अवस्था के थियो एकपटक सम्झियौँ त । त्यसपछि ३० बर्षे एकदलीय पञ्चायती व्यवस्था थियो । राजाले प्रत्यक्ष शासन गर्थे, कति सुशासन र स्थायित्व थियो । त्यो हामी सबैले बुझेका छौं । राजाको छोरा राजा हुने व्यवस्था थियो । राजाको छोरी राजा हुने व्यवस्था थिएन । बेलायतको जस्तो होइन नेपालको राजतन्त्र, यो कुरा पनि ख्याल गर्नुपर्छ 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...