खाना पकाउने ग्यासमा दुई प्रकारको मुल्य बनाउने तयारी



हाम्रो इकोनोमि

 

 

खाना पकाउने एलपी ग्यास सिलिन्डरलाई दुई प्रकारमा विभाजन गरी बिक्री वितरणका लागि आयल निगमले अन्तिम तयारी गरिरहेको छ । घरमा प्रयोग गरिने र व्यवसायमा प्रयोजनार्थ सिलिण्डलाई छुट्याएर मूल्य पनि फरक-फरक बनाउन लागिएको हो ।

निगमले एलपी ग्यासमा धेरै घाटा भइरहेको भन्दै पेट्रोलियम पदार्थबाट पूर्ति भइरहेको बताएको छ । ग्यासमा निगमलाई अहिले प्रतिदिन ३ करोड र मासिकरूपमा १ अर्बभन्दा धेरै घाटा रहेको छ । १४.२ लिटरको ग्यास १ हजार ९ सय १० रूपैयाँमा बिक्री भइरहेको छ । निगमका अनुसार प्रतिसिलिन्डर लागत भने २ हजार २ सय ६ रूपैयाँ रहेको छ ।

निगमले सिलिन्डरमा दुई प्रकारको मूल्य लागू गर्न लागेको हो । जसअन्तर्गत उद्योगलाई लागत मूल्य अर्थात् २ हजार २ सय ६ रूपैयाँमा बिक्री गर्नेछ । भने, उपभोक्ताले भने १ हजार ९ सय १० रूपैयाँमा नै पाउने छन् । हाल दैनिक रूपमा करिब १ लाख सिलिन्डर एलपी ग्यास बिक्री भइरहेकोमा ६० प्रतिशतभन्दा धेरै व्यवसायिक प्रयोजनार्थ खपत भइरहेको छ । आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले उद्योग र उपभोक्ताका लागि छुट्टाछुट्टै मूल्य तोक्ने तयारी भइरहेको बताए ।

उनले भने, ‘काम अन्तिम चरणमा पुगेको छ । उपभोक्ताले अहिलेकै मूल्य अर्थात् १ हजार ९ सय १० रुपैयाँमा एक सिलिन्डर ग्यास पाउने छन् । भने, उद्योगले लागत मूल्य २ हजार २ सय ६ रूपैयाँमा किन्नुपर्ने छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले औद्योगिक र घरायसी प्रयोजनको मूल्य पनि फरक हुने बताए ।

उनले  भने, ‘कसरी मूल्य तोक्नेबारे मन्त्रालयमा छलफल भएको थियो । त्यो छलफलमा राष्ट्रिय परिचय पत्रलाई आधार मान्ने कि भन्ने पनि विषय उठ्यो । तर, अहिले नै सबै नागरिकसँग राष्ट्रिय परिचय पत्र नभएका कारण नागरिताका देखाएर नै सुरू हुन्छ । अब १ महिनामा उद्योग र घरायसी प्रयोजनमा प्रयोग हुने ग्यासको मूल्य फरक हुनेछ ।

निगमले ग्यासमा दुई थरी मूल्य कायम गरेपछि ग्यास उपभोक्ताले आफ्नो नागरिकताको कपी राखेर ग्यास खरिद गर्न सक्ने छन् । एकजना व्यक्तिले वर्षमा २ वटा ग्यास घरायसी प्रयोजनका लागि थोरै मूल्यमा अर्थात् निगमको लागत मूल्यभन्दा कममा किन्न पाउने छन् । घरमा भएका सदस्य प्रत्येकले दुई सिलिन्डर पाउने छन् ।

निगमका अनुसार साना होटेल वा ग्यास प्रयोग हुने साना उद्योगले पनि लागत मूल्यमा नै ग्यास खरिद गर्नुपर्ने हुन्छ । जस्तै कुनै व्यक्तिको ४ जनाको परिवार छ र उसले सामान्य होटल चलाएको छ भने, उसको परिवारले वर्षमा ८ वटा ग्यास सिलिन्डर पाउने छ । होटेलमा वर्षमा ८ वटाभन्दा धेरै सिलिन्डर प्रयोगमा आए औद्योगिक प्रयोजनकै मूल्य तिर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...