राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्ति प्रदर्शन



हाम्रो इकोनोमि

 

 

बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को खबरदारी सभाको तयारी भइरहेको छ । आमसभाका लागि नेता कार्यकर्ता, समर्थकहरू जम्मा हुने क्रम बढेको छ । उनीहरू विभिन्न ब्यानर र नाराअंकित प्लेकार्ड बोकेर कार्यक्रम स्थल पुगेका छन् । बल्खु चोकमा हुने आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेन लगायत पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।  बागमती प्रदेशस्तरीय वृहत् प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठका लागि राप्रपाले आफ्नो संयन्त्र र स्वयंसेवक परिचालन भइसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

राजसंस्था पुन:स्थापना र हिन्दूराज्यका पक्षमा राप्रपाले प्रदर्शन गर्दै आएको छ ।  यसअघि दुर्गा प्रसाईंले नेतृत्व गरेको तीनकुनेको राजवादी समर्थकको प्रदर्शन हिंसात्मक बनेपछि आज सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । 

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...