तीनकुने घटनाको आरोपमा एनी कुँवर पक्राउ



हाम्रो इकोनोमि

 

 

तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा भएको अपराधबारे अनुसन्धान गरिरहेको प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । उनी पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । ‘त्यहीँ पत्रकारको मृत्यु भएको छ, लगभग उस्तै समयमा उनी झर्दै गरेको देखिएको छ’, उपत्यका अपराध अनुसन्धान कार्यालय एक अधिकृतले भने, ‘त्यसैले सोधपुछका लागि ल्याएका छौं ।

अरुको घरमा अनाधिकृत रुपमा प्रवेश गरेको आरोप समेत उनीमाथि प्रहरीले लगाएको छ । १५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो, २० जनालाई प्रहरीको गोली लागेको थियो । यो प्रकरणमा राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायत हिरासतमा छन् भने प्रसाईं फरार छन् ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...