माइतीघरमा कुलमान समर्थकको प्रदर्शन



हाम्रो इकोनोमि

 

 

कुलमान घिसिङलाई नेपाल विद्यु्त प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलीमा आइतबार प्रदर्शन भएको छ । कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनमा सहभागीहरूले प्राधिकरणमाथिको राजनीति बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।

कुलमान घिसिङलाई अपमानित ढंगले बर्खास्त गरिएको भन्दै सरकारको उक्त निर्णयविरुद्ध प्रदर्शन भएको हो । ११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

आफूलाई अवैधानिक तरीकाले हटाइएको भन्दै सरकारको त्यो निर्णयको विरुद्धमा घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले आफूलाई तत्काल पुनर्स्थापना गर्न अन्तरिम आदेश माग गरे पनि सर्वोच्च अदालतको संयुक्त इजलासले शुक्रबार त्यस्तो आदेश दिन अस्वीकार गरेको थियो ।

कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको नाममा आह्वान भएको आन्दोलनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, तामाङ संघलगायत संघसंस्था सहभागी छन् । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घिसिङले २२ चैतमा पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...