म सक्रिय राजसंस्थाको पक्षमा छैन : (राप्रपा) उपाध्यक्ष तामाङ



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले आफू सक्रिय राजसंस्थाको पक्षमा नरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले २०१७ सालको जस्तो सक्रिय राजसंस्था बोक्नेलाई ‘बहुला’ को संज्ञा दिए ।

त्यसबारे उनको भनाइ जस्ताको तस्तै

सुरक्षाकर्मीले सुरक्षाको पूर्ण रणनीति र कार्यनीति अपनाएको देखिएन । जनपथले गोली चलाएको आयो तर, एपीएफले कति गोली चलायो ? यसको पनि जवाफ चाहियो । हाम्रो पार्टीको महामन्त्री धवल शमसेरलाई थुनेर राख्नुपर्ने त्यस्तो अपराध गरेको हो त ? माननीयलाई हतकडी लिएर लानुपर्छ ? रवीन्द्र मिश्र भागेर जान्छ त ? यस विषयमा पनि के हो, हाम्रा साथीहरूलाई थुन्ने काम भएकोले उहाँहरूलाई बिना शर्त रिहाइ गर्नुपर्छ ।

राष्ट्रिय गान बजिरहेकै बेला प्रहरीले मञ्चमा टेयर ग्याँस हानेको भिडिओ आइरहेको छ । आन्दोलनकर्मीलाई चारैतिर भाग्नै नदिने गरी घेरिएको छ । सुरू-सुरू हिँडिरहेको सविन महर्जनलाई किन गोली हानियो ? सत्तापक्षले पनि संलग्नता भएको भनिएको छ । न्यायिक छानबिन आयोग गठन हुनुपर्‍यो । यो संविधान परिवर्तनशील छ । यो संविधान निर्विकल्प होइन, जनताले चाहेमा सबै व्यवस्था परिवर्तन हुन्छ । यो साध्य होइन साधन हो । म नै गृहमन्त्री भएको भए के गर्न सक्थ्यो भन्ने हुन्थ्यो, तपाईँ त कानून जानेको मान्छे हो, त्यसैले तपाई शालीन व्यक्ति भएकाले यस्तो व्यक्तिबाट शालीनता देखिएन । तपार्ईंको निर्देशन नभएको हो कि ? विपक्षीको हैसियतले भनेको होइन, यसमा राज्यको पुर्णरुपमा गल्ती छ ।

यो बुद्धिमान तामाङले मात्रै भनेको होइन, राजामा किन भूत देख्नुहुन्छ ? फोटो खिचेर देखाउँदैमा किन तर्सिनुहुन्छ ? म राजसंस्था हुनुपर्छ भन्ने मान्छे त्यसमा विमति छैन । मेरो छोराछोरीलाई म जिउँदो रहँदासम्म राजसंस्थाको विरोध नगर, म मरेपछि जे गर गर भन्छु । कतिपयले २०१७ साल पछिको राजसंस्थाको कुरा गर्छन्, त्यस्तो होइन, हामीले राजसंस्थालाई अभिभावकको रूपमा राख्ने एजेण्डा बोकेर हिँडेका हौँ नि यो २१ औँ शताब्दी हो । २०१७ सालको जस्तो सक्रिय राजसंस्था बोक्ने बहुलाहा हो । त्यस्तो सम्भव छैन। म त स्पष्ट रूपमा भन्छु। म झूट बोल्ने मान्छे पनि होइन ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...