नेपाल वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचनः नरेश गेलालको नेतृत्वमा सशक्त टिम तयार



हाम्रो इकोनोमि

 

 नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन मिति नजिकिएसँगै संघको नेतृत्व कसको पक्षमा भन्ने बहस समेत हुन थालेको छ । दुई वर्षे संघको नेतृत्वका लागि अहिले संयुक्त व्यवसायीहरुको तर्फबाट नरेश गेलालको नेतृत्वमा सशक्त टिम तयार भएको छ । हिजो मात्र काठमाडौको बित्तसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा आयोजित एक कायर्कम्रबीच गेलाल नेतृत्वको टिम घोषणा भएको हो ।

वैदेशिक रोजगार संघको निर्वाचन यही चैत्र २९ गते हुँदैछ । यसकै तयारी स्वरुप संयुक्त व्यवसायीको तर्फबाट गेलालको नेतृत्वमा १७ सदस्यीय सशक्त टिम तयार भएको हो । गेलालको नेतृत्वमा प्रथम अध्यक्षमा सुजितकुमार श्रेष्ठ, दृतीय उपाध्यक्षमा मधुकर रिजाल, तृतीय उपाध्यक्षमा वैकुण्ठ पौडेल(वैभव), महासचिवमा कर्णराज कटुवाल,सचिवमा अनिल कटुवाल र कोषाध्यक्षमा धनु सिंजाली मगर श्रेष्ठ उम्मेदवार हुने भएका छन् । यस्तै सदस्यहरुमा देउमान नेम्वाङ,राजेन्द्र बस्नेत,चन्द्र लिम्वू,हिमा गुरुङ,रमा खड्का,दिनेश बस्नेत,कामेश्वर साह राहुल,छत्र बस्नेत,युवराज देवकोटा र राजेश यादव रहेका छन् ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीका असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार संगठनबीच तालमेल भएर संयुक्त व्यवसायी समूह निर्माण भएको हो । यसर्थ पनि यो टिम अरु टिमभन्दा सशक्त देखिन्छ । एचआर इन्टरनेशनल प्रा.लि.का संचालक, संघका पूर्व महासचिव तथा मञ्चका अध्यक्ष समेत रहेका गेलाल डाइनामिक पर्सनका रुपमा रहेका छन् । संघको नेतृत्व आफूलाई सुम्पिए व्यवसायीहरुको हक र हित संरक्षणका लागि आफूले सधै समय दिन सक्ने उनको कथन रहेको छ ।

 

यस्ता छन् गेलाल समूहकाे प्रतिबद्धता

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...