जडीबुटी उत्पादन कम्पनीमा २८ करोड क्षति



हाम्रो इकोनोमि

 

 

यही चैत १५ गते शुक्रबार राजावादी समर्थकले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा तोडफोड र आगजनी गरे । उक्त आगजनीबाट कम्पनीमा २८ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

कम्पनीको महाप्रबन्धक संगीता यादवको अनुसार प्रारम्भिक विश्लेषणअनुसार आगजनीबाट २८ करोड बराबरको क्षति भएको विवरण निकालिएको छ ।

जीएमपी अनुसार सञ्चालन गरिएको भवनलगायत स्वचालित उपकरण जलेर ध्वस्त हुँदा उत्पादन ठप्प छ । अस्थायी संरचना तयार गरेर भएपनि उत्पादन सुरु गर्ने र यसका लागि सरकारी निकायको ध्यानाकर्षण हुनुपर्ने यादवले बताइन् ।

कम्पनी पुरानै अवस्थामा फर्किने आशामा रहेको महाप्रबन्धक यादवको भनाइ छ । ‘सबै जलेर खरानीमा परिणत भएको छ । विभिन्न चुनौतीबीच कम्पनीले प्रगति गरिरहेको थियो । शाखा पनि विस्तार गरिरहेका थियौं’, यादवले भनिन्, ‘ कम्पनी पुनः आफ्नै खुट्टामा उभ्याउन पर्छ । त्यसका लागि सबैको साथ सहयोग अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...