दुर्गा प्रसाईं गुण्डानाइके हो : मिनबहादुर गुरुङ



 

 

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले राजासंस्था फर्काउने आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुण्डानाइकेको संज्ञा दिएका छन् । राज्यले उनलाई पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको उनको भनाइ छ ।  भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै गुरुङ दुर्गा प्रसाईँमाथि खनिए । सरकारले व्यवसायीको सुरक्षा गर्न नसकेको भन्दै उनले आक्रोश पोखे ।

‘हामीले वर्षेनी ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?राज्यले एउटा डनलाई पुल्पल्याएर राखेको हुँदा यो परिणाम आएको उनले बताए । उनको क्रियाकलापले राजसंस्था नआउने गुरुङले ठोकुवा गरे ।

‘मारवाडीले यस्तो गर्‍यो, त्यस्तो गर्‍यो भन्दै हिँड्छ । मारवाडी देशको नागरिक होइन ? मारवाडी भगाउन सम्भव छ ? देश कंगाल बनाउने ? दुर्गा प्रसाईँ गुण्डा नाइके हो । राज्यले पुलपुल्याउँदा आज यो परिणाम देखियो । उसको क्रियाले राजसंस्था फर्किँदैन, म ठोकुवा दिएर भन्छु । भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ ? भाटभटेनीमा ढुंगा हानेर नेपालको संविधान संविधान मेटिन्छ ? हामी बुझ्दैनौँ ? यो सबै डकैत हो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भेटवार्ता

    प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भेटवार्ता

म सक्रिय राजसंस्थाको पक्षमा छैन : (राप्रपा) उपाध्यक्ष तामाङ

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले आफू सक्रिय राजसंस्थाको

प्रतिगामीहरूले काठमाडौंमा अझै हत्या हिंसा गर्नसक्छन् : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूको प्रतिवाद गर्नको लागि

समाजवाद निर्माणमा नीतिगत स्पष्टता खोज्न एमाले, बुद्धिजीवी परिषद् र प्रवासी मञ्चबीच सम्झौता

    एमाले कार्यवाहक अध्यक्ष इश्वर पोखरेलले बौद्धिक समाजवाद निर्माण गर्न विचारलाई व्यवस्थित