ज्ञानेन्द्र शाहमा राजा बन्ने गुण छैन : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

 नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजावादीको आन्दोलन ‘ग्रान्ड डिजाइन’ अनुसार भएको जिकिर गरेका छन् । उनले कहाँबाट डिजाइन भयो भन्ने चाहीँ बताएनन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालले ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारीमध्ये एक भएको बताए ।

उनले भने, ‘उहाँ नेपालका व्यापारीमध्ये ठूला व्यापारी हुनुहुन्छ, अरू होइन । राजा भनेको त्याग, तपस्या र बलिदान गरेर आउने आदर्श व्यक्ति हुनुपर्छ । कुनै महात्मा वा साधु हुनुपर्छ । पूर्वराजा ज्ञानेन्द्र शाहमा राजामा हुने कुनै गुण नभएको टिप्पणी गर्दै नेपालले राजतन्त्रको वंशाणुगत शासन प्रणालीको आलोचना गरे ।

‘किन चाहियो रगतको शासन ? जनताको मनको शासनलाई नमान्ने, जनताको चेतनामा विश्वास नगर्ने राजा हुन सक्दैनन् । यस्ता सोचले नयाँ हिटलर जन्माउन सक्छ’, उनले भने, ‘संसार दास युग वा सामन्ती युगमा फर्कन सक्दैन । अब पुँजीवादी युगमा पनि बस्ने होइन । समाजवादी युगमा जाने हो । कुनै पनि गाउँको हुलडबाजले मान्छे जम्मा पारेर आन्दोलन गर्नुलाई लोकप्रियता मान्न नसकिने भन्दै उनले राजतन्त्रको पुनर्स्थापनाको सम्भावना नरहेको ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...