आफुविरुद्ध राज्य नै लागेको रवि लामिछानेको आरोप



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नोविरुद्ध राज्य नै लागेको टिप्पणी गरेका छन् । मंगलबार सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको माग गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकारले लामिछानेलाई सभामुखले सांसद पदबाट निलम्बन फुकुवा नगरे अदालत जाने हो भनेर सोधेका थिए । जवाफमा उनले अदालत जानु अन्तिम विकल्प भएको बताए । आफूले सभामुखलाई नै निलम्बन फुकुवाका लागि आग्रह गरेको बताए । सभामुखले निलम्बन फुकुवा गरिदिनु पहिलो विकल्प रहेको बताए ।कहिलेसम्म अदालत जाने भन्ने प्रश्नमा लामिछाने पन्छिए । यो प्रश्नमा लामिछानेले भने, ‘राज्य लागेपछि व्यक्तिको के लाग्दो रहेछ र !

लामिछाने पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित छन् । संघीय संसदको हिउँदे अधिवेशन सुरु हुने पहिलो दिन गत माघ १८ गते पनि सभामुख घिमिरेलाई भेटेर लामिछानेले सांसद पद निलम्बन फुकुवाको माग गरेका थिए । आफूले सभामुख र संसदबाटै समाधान चाहेको उनले बताए । सभामुखले राजनीतिक दलहरूसँग छलफल गर्ने प्रतिवद्धता जनाएको लामिछानेले जानकारी दिए । आफू दुई पटकसम्म चितवनबाट निर्वाचित भएको उल्लेख गर्दै उनले आफू थुनामा समेत नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...