संविधान मास्ने क्रियाकलापमा नलाग्न राप्रपालाई प्रधानमन्त्रीको चेतावनी



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी ओलीले राप्रपा सांसदहरूलाई संविधान अनुसार शपथ लिएर अहिले संविधान मास्ने क्रियाकलापमा नलाग्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने ? प्रश्न गरे ।

त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै,

अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरूको रक्षा, लोकतन्त्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय हो । त्यसका लागि सिंगो सदन एक हुनुपर्ने आवश्यकता छ । हामीले सुनेका छौँ, व्यवस्थाकाविरुद्ध, प्रणालीकाविरुद्ध, लोकतन्त्रकाविरुद्ध, संविधानकाविरुद्ध लर्लकारेर त्यसलाई नै अस्वीकार गर्ने र त्यसका निम्ति विभिन्न प्रकारका असंवैधानिक, गैरकानुनी र समाजलाई नोक्सान पुग्ने गम्भीर आपराधिक क्रियाकलाप गर्नेसम्मका क्रियाकलापहरू भइराखेका छन् । यस्तो बेलामा सिंगै समाज गम्भीर हुनुपर्दछ । यस्तो बेलामा सिंगै समाज गम्भीर भएर यस्ता कुराहरूलाई‘ हामी जनप्रतिनिधि हौँ ।

संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने कुरा शपथ विपरीतको कुरा हो । नैतिकता विपरीतको कुरा हो । त्यस कारण शपथ विपरीत जानु हुँदैन । नेपालको संविधानको शपथ हामी सबैले उभिएर लिएका हौँला ।

संविधानको शपथ लिने, अनि संविधानको खिलाफ लिने, संविधानभन्दा माथि शपथ कसैले देश र जनताका नाममा लिएका हौँला, कसैले ईश्वरका नाममा लिएका हौँला । ईश्वरका नाममा शपथ लिएर संविधानको शपथ लिएर, ईश्वरका नाममा शपथ खाएर त्यस विपरीत चल्न मिल्छ नैतिकताले, त्यसो भएर म सबैको ध्यानाकर्षण गर्न चाहन्छु, हामी एउटा थिति, एउटा मर्यादा, एउटा सामाजिक मर्यादामा बसौँ । अहिले यति नै भनौँ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...