गर्भवती पत्नीको पतिले नै गरे हत्या, हराएको भन्दै प्रहरीमा निवेदन



हाम्रो इकोनोमि

 

 

 श्रीमतीको हत्या गरी एक्साभेटरले खनेर गाडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलामको फाकफोकथुम गाउँपालिकामा गर्भवती श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् उमेश गिरीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार फाकफोकथुम गाउँपालिका वडा नं ३ सल्लेरीका २५ वर्षीय उमेश गिरीलाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनले श्रीमती हराएको भन्दै चैत्र १ गते प्रहरी चौकी आमचोकमा निवेदन दिएका थिए । उनले १९ वर्षीया श्रीमती विमला कट्टेल हराएको निवेदन दिएपछि प्रहरीले खोजतलास गरेको थियो ।

अनुसन्धानका क्रममा श्रीमान् माथि नै शंका लागेपछि प्रहरीले अनुसन्धानको दायरा श्रीमान् तिर केन्द्रित गरेको थियो ।जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी एकनारायण कोइरालाले अनुसन्धानका क्रममा श्रीमती हराएको भनी प्रहरीमा उजुरी दिने उमेश गिरी नै हत्यामा संलग्न रहेको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको बताए ।

अनुसन्धानका क्रममा गिरीले फागुन २९ गते श्रीमतीको हत्या गरेको खुलेको छ । गिरी एक्साभेटर चालक रहेको र घुम्न जाउँ भनी श्रीमतीको हत्या गरेर एक्साभेटरले खनेर गाडेको अनुसन्धानका क्रममा खुलेको छ । विमलाको शव चैत्र १५ गते फाकफोकथुम गाउँपालिका वडा नम्बर २ धार्नेखोप स्थित दाहाल गोलाईबाट गाडेको अवस्थामा प्रहरीले उत्खनन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता सञ्जीव बोगटीका अनुसार, एक्स्काभेटर चालक रहेका उमेश गिरीले गर्भवती श्रीमतीलाई घुम्न जाऔँ भनेर धार्नेखोप पुर्‍याई, मुक्का प्रहार गरी लडाएर घाँटी थिचेर हत्या गरेपछि एक्स्काभेटरले नै खाल्डो खनेर शव गाडेका थिए । पक्राउ परेका गिरीलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...