दुर्गाका रोयल टास्कफोर्स कमान्डर पक्राउ, प्रसाईं अझै फरार



हाम्रो इकोनोमि

 

 

शुक्रबारको राजावादी आन्दोलनलाई हिंसात्मक बनाउने दुर्गा प्रसाईंका सहयोगी तथा उनको अभियानका रोयल टास्क फोर्स कमान्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई शनिबार प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । नेपाली सेनाको सहसेनानीबाट अवकाश पाएका राजभण्डारी राजावादी आन्दोलनमा आरटीएफ कमान्डरका रुपमा परिचित छन् ।

यसलाई शाही विशेष कार्यदलका रुपमा उनीहरुले स्थापित गरेका थिए । शुक्रबार भएको हत्या, लुटपाट, तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म १०० जनाभन्दा बढीलाई पक्राउ गरेको छ, तर दुर्गा प्रसाईं भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...