दुर्गा प्रसाईँ इमाडोलबाट भागे, धर्मगुरु खतिवडा पक्राउ



हाम्रो इकोनोमि

 

 

शुक्रबार राजा फर्काउने आन्दोलनको नाममा भएको आगजनी, लुटपाट र अराजकताको घटनाका प्रमुख नाइके मानिएका दुर्गा प्रसाईँलाई अहिले प्रहरीले खोजी गरिरहेको छ । तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई हिजोदेखि भूमिगत भएका छन् । उनी राजा फर्काउने आन्दोलनका जनकमाण्डर बनाइएका थिए ।

केहीबेर सटरमा लुकेका उनी त्यहाँबाट सिधै विवादास्पद धर्मगुरु पुस्कर खतिवडाको ललितपुरस्थित इमाडोलस्थित घरमा गएको पाइएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए । अधिकारीका अनुसार खतिवडालाई भने पक्राउ गरिसकिएको छ ।

‘तीनकुने क्षेत्रबाट भागेर पण्डित पुस्कर खतिवडाको घरमा राति गएर बसेका रहेछन् । हामीले खतिवडालाई भने पक्रिसकेका छौं’, एसपी अधिकारीले भने । अब पुलिसले नछाड्ने भन्दै प्रसाईँ खतिवडाको घरबाट स्याउ र केरा खाएर मोबाइल स्वीच अफ गरेर निस्किएको प्रहरीले बताएको छ । प्रहरीले गरेको लोकेसन ट्रयाकमा पछिल्लो पटक उनी इमाडोल क्षेत्रमा देखिएका छन् ।

उच्च सुरक्षास्रोतका अनुसार उक्त प्रदर्शनको अगुवाइ गरेका प्रसाईंविरुद्ध मानवहत्याको अभियोगमा मुद्दा चलाउने तयारी छ । अराजकता मच्चाएको तथा उकासेको आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, वकिल स्वागत नेपाललगायतलाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...