गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम



हाम्रो इकोनोमि

 

 

 नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम दिएको छ । आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई एक हप्तासम्म बेवास्ता गरिएमा चैत २१ गतेबाट सशक्त जनआन्दोलन गर्ने घोषणा आज गरियो ।

आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुवेदीले २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन दलहरूलाई आह्वान गरे , उनले भने, ‘यदि हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेमा त्यसबाट सिर्जित हुने परिस्थितिको जिम्मेवार सरकार र गणतन्त्रवादी दलहरू हुनेछन् । चैत १६ गते घोडेजात्रा भएकाले त्यस दिन कुनै पनि आन्दोलनका कार्यक्रम नगर्ने निर्णय समितिले लिएको छ । १७ गतेदेखि भने निरन्तर आन्दोलन हुने सुवेदीले बताए ।  

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...