शान्ति प्रक्रिया सफल पारौं : प्रधानमन्त्री ओली



 

 

 प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएको श्रेय पाउने आश त्यागेर सफल पार्नेतर्फ मात्र केन्द्रित हुन आह्वान गरेका छन् । आफूलाई श्रेयको भोक नभएको भन्दै उनले पीडितको घाउमा मल्हम लगाउनु मुख्य काम भएको बताए ।

संक्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले आफ्नै एउटा शान्ति प्रक्रिया आफैंले सुरु गरेका छौं । हामी आफैंले अगाडि बढाएका छौं । कसले श्रेय लिने हो भन्ने कुरा छोडिदिउँ । उनले अगाडि भने, ‘म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय मबाहेक अरु सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन । श्रेय चाहिएन । सफल पारौं यसलाई ।

उनले नेपालमा अब शान्ति हुनेछ भन्ने ग्यारेन्टी गर्न पनि आह्वान गरे । ‘पीडितका घाउमा मलम लगाउन उहाँहरुका आँसु पुछौं र नेपाली जनतालाई निश्चिन्त बनाऔं, अब नेपालमा शान्ति हुनेछ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन बनाएको भन्दै अब काम अगाडि बढ्ने बताए । विगतमा बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाए पनि असफल भएको भन्दै उनले त्यसमा दुःख व्यक्त गरे ।

आयोगहरु सफल नहुनु दुर्भाग्य भएको बताउँदै उनले भने, ‘यसपल्ट आयोग जुन निर्मित हुनेछन् सफल हुनेछन् मैले विश्वास लिएको छु । दुईदुईवटा छनोट समिति बनायौं सफल भएनन् । किन सफल भएनन् बेग्लै कुरा होला । तर हामी आफैंले बनाएका छनोट समितिलाई असफल बन्न दिनु हुँदैन ।’

मर्म मिल्ने र क्षमतावान व्यक्तिहरुलाई ती आयोगहरुमा नियुक्त हुनुपर्ने भन्दै उनले त्यसलाई पूर्ण सहयोग गर्ने बचन दिए । प्रधानमन्त्रीको हैसियतमा म भन्न चाहन्छु मेरो तर्फबाट पूराको पूरा सहयोग, व्यवहार रहने छ,’ उनले भने, ‘आयोगहरुलाई सफल बनाउन र पीडितहरुलाई न्याय अर्थात् परिपुरण दिन सफल हुनेछौं ।

प्रतिक्रिया दिनुहोस
संविधान मास्ने क्रियाकलापमा नलाग्न राप्रपालाई प्रधानमन्त्रीको चेतावनी

    प्रधानमन्त्री केपी ओलीले राप्रपा सांसदहरूलाई संविधान अनुसार शपथ लिएर अहिले संविधान

आपराधिक घटनामा संलग्न पूर्वराजाले उन्मुक्ति पाउनुहुन्न : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति

गर्भवती पत्नीको पतिले नै गरे हत्या, हराएको भन्दै प्रहरीमा निवेदन

     श्रीमतीको हत्या गरी एक्साभेटरले खनेर गाडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

रवि लामिछाने आजबाट रास्वपाको सभापतिमा फर्किए

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजबाट पार्टीको जिम्मेवारीमा