शान्ति प्रक्रिया सफल पारौं : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

 प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएको श्रेय पाउने आश त्यागेर सफल पार्नेतर्फ मात्र केन्द्रित हुन आह्वान गरेका छन् । आफूलाई श्रेयको भोक नभएको भन्दै उनले पीडितको घाउमा मल्हम लगाउनु मुख्य काम भएको बताए ।

संक्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले आफ्नै एउटा शान्ति प्रक्रिया आफैंले सुरु गरेका छौं । हामी आफैंले अगाडि बढाएका छौं । कसले श्रेय लिने हो भन्ने कुरा छोडिदिउँ । उनले अगाडि भने, ‘म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय मबाहेक अरु सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन । श्रेय चाहिएन । सफल पारौं यसलाई ।

उनले नेपालमा अब शान्ति हुनेछ भन्ने ग्यारेन्टी गर्न पनि आह्वान गरे । ‘पीडितका घाउमा मलम लगाउन उहाँहरुका आँसु पुछौं र नेपाली जनतालाई निश्चिन्त बनाऔं, अब नेपालमा शान्ति हुनेछ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन बनाएको भन्दै अब काम अगाडि बढ्ने बताए । विगतमा बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाए पनि असफल भएको भन्दै उनले त्यसमा दुःख व्यक्त गरे ।

आयोगहरु सफल नहुनु दुर्भाग्य भएको बताउँदै उनले भने, ‘यसपल्ट आयोग जुन निर्मित हुनेछन् सफल हुनेछन् मैले विश्वास लिएको छु । दुईदुईवटा छनोट समिति बनायौं सफल भएनन् । किन सफल भएनन् बेग्लै कुरा होला । तर हामी आफैंले बनाएका छनोट समितिलाई असफल बन्न दिनु हुँदैन ।’

मर्म मिल्ने र क्षमतावान व्यक्तिहरुलाई ती आयोगहरुमा नियुक्त हुनुपर्ने भन्दै उनले त्यसलाई पूर्ण सहयोग गर्ने बचन दिए । प्रधानमन्त्रीको हैसियतमा म भन्न चाहन्छु मेरो तर्फबाट पूराको पूरा सहयोग, व्यवहार रहने छ,’ उनले भने, ‘आयोगहरुलाई सफल बनाउन र पीडितहरुलाई न्याय अर्थात् परिपुरण दिन सफल हुनेछौं ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...