कुलमानलाई बर्खास्त गरेको विरोधमा संसद अवरोध



हाम्रो इकोनोमि

 

 

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा विपक्षी दलहरूले संसदमा अवरोध गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सबै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिए । सांसद बस्नेतले विद्युत प्राधिकरणलाई तेजोवध गर्नका लागि सरकार लागि परेको बताए । स्वार्थ समूहको इच्छा पूरा गर्नका लागि घिसिङलाई कार्यकारी निर्देशकबाट हटाइएको उनको आरोप छ ।

एउटा कुशल व्यवस्थापकलाई राम्रो हुन्छ भनेर सन्देश दिनुपर्नेमा सरकारले गलत सन्देश जाने गरी काम गरिरहेको बताए । ऊर्जामन्त्री दिपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य हुनुको जस भारत सरकारलाई दिनुपर्ने लगायतका अभिव्यक्ति दिएको बस्नेतले विरोध गरे ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...