माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र स्ववियु चुनावको परिणामले माओवादी सकियो भन्नेहरुलाई जवाफ दिएको बताएका छन् । तराई मधेश जागरण अभियानको क्रममा बारा आयोजित सभालाई सम्बोधन गर्दै स्ववियु चुनावको परिणामले माओवादी कसैको बैशाखी नटेकी उभिनसक्छ भन्ने सन्देश दिएको बताए ।

उनको भनाइ-

स्ववियु निर्वाचन भर्खरै सम्पन्न भएको छ । केहीमा हुँदैछ। त्यो निर्वाचनमा युवा उच्च शिक्षा अध्ययन गर्नेहरुको रुझान कता जाँदैछ भन्ने संकेत दिइएको छ । यो पटक साँच्चै नै केही नयाँ इतिहासको रचना भएको छ ।

हिजो माओवादी केन्द्र अरुको बैशाखी नटेकी उठ्नै सक्दैन भन्ने भाष्य एमाले र कांग्रेसहरुले बनाएका थिए । तर गएको उपचुनावमा हामीबाट हामी कसैको बैशाखी टेकेर होइन । आफ्नै खुट्टामा उभिएर परिणामलाई आफ्नो पक्षमा पार्न सफल छौं भन्ने सावित गरेका थियौं । कांग्रेस र एमाले मिलेर लड्दा मात्रै होइन, चुनाव चिन्ह साटासाट गरेर एकैठाउँमा उभिँदा पनि माओवादीले अत्याधिक मतले विजयी भएर हामीले सावित गरेका छौं । कहिले कांग्रेस, कहिले एमालेसँग मिल्दा फाइदा उनीहरुलाई भएको थियो। हामीलाई घाटा भएको प्रमाणित भयो ।

अहिले स्ववियु निर्वाचनमा आउँदा पनि नेविसंघ र अनेरास्ववियु मिलेर लडेको क्याम्पसमा पनि एक्लै अखिल क्रान्तिकारीले विजयी हासिल गरेको छ । तीसौं बर्षका इतिहास तोडिएका छन् । महेन्द्र मोरङ जस्ता क्याम्पसहरुमा विजयीको झण्डा फहराएका छन् । ती सबै युवा विद्यार्थीहरु अब यथास्थितीको पक्षमा छैनन्, अग्रगम, प्रगति र माओवादीको पक्षमा छन् भन्ने प्रमाणित भएको छ ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...