कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति संसदमा माफी मागेका छन् । यही चैत ३ गते संसदको विशेष समयमा बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो । बुधबारको संसद बैठकको सुरुमै बोल्दै घिमिरेले ती आफ्ना व्यक्तिगत धारणा भएको प्रष्टीकरण दिए । साथै क्षमायाचना पनि गरे ।

उनले भने, ‘मैले व्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारहरुले सम्मानित संसदका सदस्यहरु एवम् अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु ।

 

के भनेका थिए घिमिरेले ?

३ चैतको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक घिमिरेले देशको विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई नेपालमा खुला गर्नुपर्ने उनको तर्क थियो ।

‘यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ,’ घिमिरेले भनेका थिए । धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिने भएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने उनको आग्रह थियो ।

५ चैतमा बसेको कांग्रेसको वर्तमान पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकमा उनको पार्टीका नेताहरुले तथा संसद बैठकमा सांसदहरुले घिमिरेलाई माफी माग्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...