माओवादी तत्काल सरकारमा नजाने



हाम्रो इकोनोमि

 

 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित कुनै पनि नेतासँग सरकारमा जाने विषय र अन्य कुनै विषयमा कुराकानी नभएको स्पष्ट पारेको छ ।अहिले सरकारमा जाने माओवादीको नीति नगरेको अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी गराएका हुन् । उनका अनुसार सरकारले गरिरहेको बेथिति र गलत क्रियाकलापको बिरोध र गणतन्त्र र संविधानको कार्यान्वयनका लागि माओवादीको खबरदारी जारी रहने छ ।

प्रमुख स्वकीय सचिव आचार्यले भने, ‘सरकारमा जाने बारे वा अन्य विषयमा सरकारमा रहेका पार्टीका प्रमुखसहित कुनै पनि नेतासंग अध्यक्ष प्रचण्डको कुराकानी नभएको व्यहोरा जाननकारी गराउँदछु । अहिले सरकारमा जाने माओवादीको नीति नरहेको पनि जानकारी गराउँछु । सरकारले गरिरहेको बेथिति र गलत क्रियाकलापको बिरोध र गणतन्त्र र संविधानको कार्यान्वयनका लागि माओवादीको खबरदारी जारी रहनेछ । आइतबारमात्र माओवादीका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको भन्दै प्रारम्भिक छलफलसमेत सुरू भएको बताएका थिए । संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग उनले गणतन्त्र पक्षधरको सरकार बनाउने प्रक्रियामा एमालेभन्दा कांग्रेससँग बढी छलफल हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...