माओवादी तत्काल सरकारमा नजाने



हाम्रो इकोनोमि

 

 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित कुनै पनि नेतासँग सरकारमा जाने विषय र अन्य कुनै विषयमा कुराकानी नभएको स्पष्ट पारेको छ ।अहिले सरकारमा जाने माओवादीको नीति नगरेको अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी गराएका हुन् । उनका अनुसार सरकारले गरिरहेको बेथिति र गलत क्रियाकलापको बिरोध र गणतन्त्र र संविधानको कार्यान्वयनका लागि माओवादीको खबरदारी जारी रहने छ ।

प्रमुख स्वकीय सचिव आचार्यले भने, ‘सरकारमा जाने बारे वा अन्य विषयमा सरकारमा रहेका पार्टीका प्रमुखसहित कुनै पनि नेतासंग अध्यक्ष प्रचण्डको कुराकानी नभएको व्यहोरा जाननकारी गराउँदछु । अहिले सरकारमा जाने माओवादीको नीति नरहेको पनि जानकारी गराउँछु । सरकारले गरिरहेको बेथिति र गलत क्रियाकलापको बिरोध र गणतन्त्र र संविधानको कार्यान्वयनका लागि माओवादीको खबरदारी जारी रहनेछ । आइतबारमात्र माओवादीका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको भन्दै प्रारम्भिक छलफलसमेत सुरू भएको बताएका थिए । संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग उनले गणतन्त्र पक्षधरको सरकार बनाउने प्रक्रियामा एमालेभन्दा कांग्रेससँग बढी छलफल हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...