ग्लोबल मनी वीक २०२५ को अवसरमा र्‍याली आयोजना



हाम्रो इकोनोमि

 

 

 

प्रभु बैंक लि गण्डकी प्रदेशद्वारा बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसर पारेर आज एक बित्तिय जनचेतनामूलक र्‍यालीको आयोजना गर्‍यो । “अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं । अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं।” भन्ने मूल नाराका साथ आयोजित यस र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो ।

र्‍यालीमा सहभागीहरुले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए । कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पार्नुभयो । उहाँले बालबालिका, बृद्घ तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

यस र्‍यालीको मुख्य उद्देश्य युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु थियो । बैंकले आगामी दिनहरुमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ । यस र्‍यालीमा सहभागी सम्पूर्णलाई प्रभु बैंक बुर्तिबाङ शाखाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...