राजस्वले साधारण खर्च धान्नसमेत धौधौ परिरहेको छ : अर्थमन्त्री पौडेल



हाम्रो इकोनोमि

 

 

 उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको राजस्व संकलनले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था आएको बताएका छन् । संसद बैठकमा आज बोल्दै उनले अनिवार्य दायित्वहरुमा समेत न्यून रकम विनियोजन गर्नुपरेको बाध्यता सुनाए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वलाई संशोधन गर्न ल्याएको विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्रीले यस्तो बताएका हुन् ।

उनले भने, ‘केही समयदेखि राजस्वले साधारण खर्च धान्न धौधौ भएको छ । यो सच्चाइलाई यहाँ राख्दा हुन्छ जस्तो लाग्छ । चालु आवको विनियोजनमा कैयौं अनिवार्य दायित्वका शीर्षकहरुमा समेत न्यून विनियोजन गरेर बजेट प्रस्तुत गरिएको छ ।

३१ प्रतिशतको राजस्व वृद्धिको लक्ष्यमा आधारित भएर बजेट प्रस्तुत गर्दा पनि कैयौं अनिवार्य दायित्वहरुमा पूरा विनियोजन गर्न नसकिएको अर्थमन्त्री पौडेलको भनाइ छ । कैदीबन्दीको सिदादेखि पेन्सन, तलब जस्ता दायित्वलाई पनि न्यून विनियोजन गरेर बजेट प्रस्तुत गरिएको उनले बताए ।

उनले भने, ‘राजस्वले साधारण खर्च धान्न धौधौ भएको अवस्थामा हामी भएकाले बजेट निर्माण गर्दा अनुशासनतर्फ फर्किन विलम्ब गर्नुहुँदैन । बजेट निर्माणमा अनुशासनतर्फ फर्किने कुरालाई गम्भीरतापूर्वक मनन गर्नुपर्छ । यसकै लागि यो विधेयक ल्याइएको हो । सीमित स्रोतलाई उच्च प्रतिफल सुनिश्चित हुने गरी कसरी विनियोजन गर्ने भन्ने उद्देश्यमा केन्द्रित भएर संशोधन विधेयक आएको अर्थमन्त्री पौडेलले प्रष्टीकरण दिए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...