पार्टी कमिटीमा व्यापक शुद्धीकरण गर्ने एमाले जरा अभियानको लक्ष्य



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले तीन महिने वडा केन्द्रित अभियानमा सङ्गठनात्मक अराजकता र अवसरवादलाई पराजित गर्न कमिटी जीवनमा व्यापक शुद्धीकरण गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

जारी तीन महिने वडा केन्द्रित अभियानमा चैत महिनाभित्र १० काम सम्पन्न गरिछाड्ने सङ्कल्प गरेको सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताए । एमालेले अभियानका क्रममा प्रायोजित मिथ्या–प्रचारको (साइबर हमलाको) प्रतिवाद गर्ने र भ्रम पार्नै नदिने गरी टोल तहसम्म प्रशिक्षण चलाउने लक्ष्य लिएको उनले बताए ।

 

अधिकारीका अनुसार एमालेले चैत महिनाभित्र गर्ने १० सङ्कल्प

१) पार्टी सदस्यतासम्बन्धी काम सुव्यवस्थित गर्ने (नवीकरण, विस्तार, अनलाइन अभिलेखीकरण, प्रशिक्षण र परिचालन)

२) कम्तीमा वडा तहसम्म कमिटीका अधिवेशनहरू सम्पन्न गरिसक्ने । सबै टोलमा पार्टी कमिटीहरू बनाउने र सुचारु गर्ने ।

३) सङ्गठनात्मक अराजकता र अवसरवादलाई पराजित गर्न कमिटी जीवनमा व्यापक शुद्धीकरण गर्ने ।

४) प्रायोजित मिथ्या-प्रचारको (साइबर हमलाको) प्रतिवाद गर्ने । भ्रमपार्नै नदिने गरी टोल तहसम्म प्रशिक्षण चलाउने ।

५) कार्यकर्तामा आत्मविश्वास जगाएर पार्टीलाई घर-घर पुर्‍याउने र जनतामा आशा जगाउने ।

६) जनताका माग-मुद्दा तथा समस्यामा अग्रसरता लिने र आर्थिक-सामाजिक तथा सांस्कृतिक रूपान्तरणलाई तीव्रता दिने ।

७) युवामा पहुँच बढाउन, युवा नेतृत्व विकासको योजनाबद्ध थालनी गर्ने

८) अबको पार्टी काममा डिजिटल माध्यम अपनाउन वडा तहसम्मका पार्टी कमिटीलाई सचेत पार्ने ।

९) जनतासँग जनसंगठन अभियान चलाउने (वडासम्म जनसंगठनका कमिटी निर्माण, सदस्यता विस्तार, प्रशिक्षण, सम्बन्धित समुदायका समस्या समाधानमा अग्रसरता)

१०) वडा तहसम्म पार्टी कार्यालयहरू सुव्यवस्थित गर्ने ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...