राजनीति गर्ने हो भने दल खोलेर आउन पूर्वराजालाई ढकालको सुझाव



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पत्रकारले समाजले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल प्रदेश प्रतिष्ठान समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सम्मेलन, अधिवेशन र महाधिवेशनमा पत्रकार देखिने अघिपछि हराउने कुरा अन्त्य हुनुपर्ने बताएका हुन् । पत्रकारले समाजको हरेक क्षेत्रमा प्रभाव पार्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । आन्दोलन सबै मिलेर गर्नुपर्ने बताउँदै उनले यो साझा अभियान भएको स्पष्ट पारे। ‘आन्दोलन सबै मिलेर गर्ने हो, यो साझा अभियान हो’, ढकालले भने ।

अहिले समाजमा एक खालको अस्थिरता र अराजकता मच्चाउने व्यक्ति र शक्ति एक ठाउँमा उभिएका उनले बताएका छन् । समाज एउटा गतिमा अघि बढिसकेपछि फेरि पछाडि फर्कन सक्दैन भन्ने कुरा राजावादीलाई नबिर्सन उनले आग्रह गरे । ‘पूर्वराजा नागरिक भएर राजनीति गर्ने हो भने दल खोलेर राजनीतिमा आउन सक्नु हुन्छ, तर मुलुक फेरि प्रतिगमन तिर फर्कन्छ कि भन्ने लागेको छ भने त्यो सम्भव छैन’, उनले भने ।

देश धेरै अगाडि बढेकोले राजतन्त्रको काखमा बसेर आनन्द लिन सकिन्छ कि भन्ने सपना नदेख्न उनले आग्रह गरे । मरिसकेको राजतन्त्रको काखमा बसेर खेल्ने कुरा अब सपना मात्र भएको उहाँले स्पष्ट भएको ढकालले स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...