राजनीति गर्ने हो भने दल खोलेर आउन पूर्वराजालाई ढकालको सुझाव



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पत्रकारले समाजले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल प्रदेश प्रतिष्ठान समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सम्मेलन, अधिवेशन र महाधिवेशनमा पत्रकार देखिने अघिपछि हराउने कुरा अन्त्य हुनुपर्ने बताएका हुन् । पत्रकारले समाजको हरेक क्षेत्रमा प्रभाव पार्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । आन्दोलन सबै मिलेर गर्नुपर्ने बताउँदै उनले यो साझा अभियान भएको स्पष्ट पारे। ‘आन्दोलन सबै मिलेर गर्ने हो, यो साझा अभियान हो’, ढकालले भने ।

अहिले समाजमा एक खालको अस्थिरता र अराजकता मच्चाउने व्यक्ति र शक्ति एक ठाउँमा उभिएका उनले बताएका छन् । समाज एउटा गतिमा अघि बढिसकेपछि फेरि पछाडि फर्कन सक्दैन भन्ने कुरा राजावादीलाई नबिर्सन उनले आग्रह गरे । ‘पूर्वराजा नागरिक भएर राजनीति गर्ने हो भने दल खोलेर राजनीतिमा आउन सक्नु हुन्छ, तर मुलुक फेरि प्रतिगमन तिर फर्कन्छ कि भन्ने लागेको छ भने त्यो सम्भव छैन’, उनले भने ।

देश धेरै अगाडि बढेकोले राजतन्त्रको काखमा बसेर आनन्द लिन सकिन्छ कि भन्ने सपना नदेख्न उनले आग्रह गरे । मरिसकेको राजतन्त्रको काखमा बसेर खेल्ने कुरा अब सपना मात्र भएको उहाँले स्पष्ट भएको ढकालले स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...