विवाह जग्गेबाट बेहुलाबेहुली र पण्डित पक्राउ



हाम्रो इकोनोमि

 

 

 

 

 

उमेर नपुगी विवाह गराउँदै गर्दा पण्डितसहित इटहरीमा प्रहरीले बेहुलाबेहुलीलाई समेत पक्राउ गरेको छ । प्रहरीले विवाह गराउने पण्डितसहित जग्गेबाटै उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बेहुला इटहरी– ११ बस्ने २८ वर्षीय उपेश नेपाल, रामधुनी– ६ बस्ने १८ वर्षीय बेहुली, विवाह गराउने पण्डित इटहरी ११ बस्ने ४५ वर्षीय दिनेशकुमार भट्टराई, बेहुलाका बुवा ढुण्डिराज नेपाल र बेहुलीका बुवा दिनेशकुमार दाहाल छन् ।

बाल विवाह गर्ने र गराउने बुवाहरू र पण्डित सबैलाई अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

सोमबार इटहरीको राधाकृष्ण मन्दिरमा बेहुली पक्षका आफन्त बिहानैदेखि भेला भएका थिए । विवाहको सबै तयारी गरिएको थियो । बेहुला पक्ष जन्तीसहित मन्दिरमा पुगे । जन्ती पुगेपछि बेहुलीलाई बाहिर ल्याउँदा उपस्थित सबै छक्क परे । बेहुली कलिलो उमेरको देखेपछि सबैले मुखामुख गरे ।

बेहुला पक्षलाई आफन्तहरूले यो उमेरमा यसरी विवाह गर्नु भनेको बाल विवाह मानिन्छ, यो गलत हो, यसलाई रोकौं भनेर आग्रह गरे, तर अटेरी गरी विवाह अघि बढ्ने भएपछि नगर बाल सञ्जाल इटहरीमार्फत प्रहरीलाई खबर पुग्यो । नगर बाल सञ्जालका प्रतिनिधि सहित प्रहरी मन्दिर स्थलमा पुग्यो । त्यसपछि प्रहरीले जग्गेबाटै बेहुला बेहुली,उनीहरूका बुवा र विवाह गराउने पण्डितलाई प्रहरीले पक्राउ गर्‍यो ।

उनीहरूलाई बालविवाह कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको सुनसरीका प्रहरी प्रमुख तिम्सिनाले जानकारी दिए । प्रहरीका अनुसार दुवै परिवारबीच मागी विवाह भएको जनाइएको छ, तर केटाकेटीबीच प्रेम सम्बन्ध रहेको र उनीहरू भाग्ने अवस्था सृजना भएपछि विवाह गराउन लागिएको आफन्तहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...

रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...