विमानस्थल बाहिर राजसंस्थाको पक्षमा नाराबाजी



हाम्रो इकोनोमि

 

 

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आउनुभन्दा घन्टौं अगाडिबाट त्रिभुवन विमानस्थलबाहिर सडकमा प्रदर्शन सुरु भएको छ । बाक्लो संख्यामा उपस्थित भएका प्रदर्शनकारीले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध नाराबाजी गरिररहेका छन् ।

प्रदर्शनकारीले  राजतन्त्र जिन्दावाद’ राजा आऊ देश बचाऊ’ गणतन्त्र मुर्दावाद’ ‘हाम्रो राजा हाम्रो देश प्यार भन्दा प्यारो छ’ लगायतका नाराहरु लगाएका छन् । राजावादीहरूको प्रदर्शनका कारण यस क्षेत्रको यातायात अवरुद्ध बनेको छ । प्रहरीले प्रदर्शनकारीलाई सम्झाउने प्रयास गरिरहेको छ ।

कुनै आयोजकको ब्यानर नरहेको भिडमा उपस्थितहरुले राष्ट्रिय झण्डा बोकेका छन् । प्रहरीले विमानस्थलको गेटबाट पस्न कडाइ गरेपछि नारावाजी सुरु भएको थियो । काठमाडौंका विभिन्न स्थानबाट राजावादी कार्यकर्ताहरु एयरपोर्ट आउँदैछन् । दुर्गा प्रसाईंका समर्थकहरु अहिले तीनकुनेमा जम्मा भएका छन् । उनीहरु एकत्रित भएर एयरपोर्ट जाने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...