पोखरामा वीरेन्द्रको सालिक अनावरण, पुरानो राष्ट्रिय गान बजाइयो



हाम्रो इकोनोमि

 

 

पोखरामा हिजो भव्य कार्यक्रम गरेर स्वर्गीय राजा वीरेन्द्रको पूर्णकदको सालिक अनावरण गरियो । वीरेन्द्रका भाइ पूर्वराजा ज्ञानेन्द्र शाहले एक भव्य कार्यक्रमबीच सालिक अनावरण गरेका थिए । पोखरा महानगरपालिका- १० राम बजारमा निर्माण भएको सालिक अनावरणको लागि पूर्वराजा पुग्दा राजतन्त्रकालीन झल्को देखियो । बाक्लो संख्यामा उपस्थित समर्थकहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘श्री ५ वीरेन्द्र अमर रहून्’ जस्ता नारा लगाएका थिए ।

कार्यक्रमको ब्यानरमा लेखिएको थियो– श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको करकमलबाट स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको सालिक अनावरण कार्यक्रम । वीरेन्द्र सालिक निर्माण समितिले यो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रको जयजयकार गरियो । उनलाई मञ्चमा राखिएको आकर्षक सिंहासनमा विराजमान गराइएको थियो ।

सबैभन्दा चर्चायोग्य चाहिँ ‘राष्ट्रिय गान’ रह्यो । हजारौं सहभागी कार्यक्रममा नेपालको पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली…’ घन्काइएको थियो । पुरानो राष्ट्रिय गान बजाउँदा पूर्वराजा उठेका थिए र सकिएपछि थपडी बजाएका थिए । पुरानो राष्ट्रिय गान बजाइएको विषयमा कास्कीका भरतमणि पाण्डेले ‘नाखुशी’ प्रकट गरेका छन् । उनले यो कार्यक्रमका विषयमा आफूहरुलाई जानकारी नै नगराइएको दाबी गरे ।

पाण्डेले भने, ‘कार्यक्रम भएकोबारेमा हामीलाई औपचारिक जानकारी आएको नै छैन । हामीसँग कार्यक्रमका लागि अनुमति लिइएको पनि थिएन । पुरानो राष्ट्रिय गान बजाइनु गलत हो । कुनै पनि कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाउन पाइँदैन । यसमा आयोजक जिम्मेवार हुन्छ ।

यो ठाउँमा २०५९ सालमा नै राजा वीरेन्द्रको सालिक ठड्याइएको थियो र वीरेन्द्र चोक नामकरण गरिएको थियो । २०६२/६३ सालको आन्दोलनका क्रममा आन्दोलनकारीले सालिक तोडफोड गरे । त्यसपछि सालिक हटाइएको थियो । गत वर्ष २५ लाख रुपैयाँ खर्च गरेर ८ फिट अग्लो नयाँ सालिक निर्माण गरियो । निर्माण समितिले २०८० पुस ९ गते नै सालिक राखिसकेको भए पनि हिजो पूर्वराजाबाट औपचारिक अनावरण गरिएको हो । पूर्वराजा गत माघ २७ गतेदेखि पोखरामा छन् । उनी पर्सि काठमाडौं फर्किने कार्यक्रम छ । काठमाडौंमा उनको स्वागतका लागि भव्य तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...