पोखराको कोटिहोममा झडप, केही घाइते



हाम्रो इकोनोमि

 

 

 पोखरा महानगरपालिकाले काेटीहाेम महायज्ञ रोक्न खोज्दा झडप भएको छ ।लेकसाइडमा कोटिहोमका लागि भूमिपुजन गर्न पोखरा महानगरले रोक्न लागेपछि झडप भएको हो । झडपमा केही नगरप्रहरी र अन्य घाइते भएका छन् । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न लागेको थियो । सोही भूमिपुजन महानगरले रोक्न खोजेको हो ।

महानगरले अनुमतिबेगर लेकसाइडमा भूमिपुजन गर्न लागेको भन्दै रोक्न नगर प्रहरी खटाएको थियो । मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारीले जुनसुकै हालतमा कोटिहोम गर्ने अडानका साथ भूमिपुजन थालेको महानगरले जनाएको छ । भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर नगर प्रहरी खटाइएको थियो । सोही क्रममा भण्डारीका समर्थक आक्रोशित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...