संसद सशक्त भए मात्र लोकतन्त्र मजबुत हुन्छ : सांसद ढकाल



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले संसद सबल बन्दा मात्र लोकतन्त्र बलियो हुने बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले सुशासन कायम गर्न संसदको भूमिकालाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको उल्लेख गरे। उहाँका अनुसार संसदीय प्रक्रियालाई व्यवस्थित बनाउन कार्यसूचीअनुसार छलफल र निर्णय प्रक्रिया सुदृढ हुनुपर्छ। सांसद ढकालले नेपालका ४४ मित्रराष्ट्रसँग सम्बन्ध सुदृढ बनाउन गठन गरिएको संसदीय मैत्री समूहलाई प्रभावकारी बनाउन सभामुखको स्पष्ट मार्गदर्शन आवश्यक रहेको बताए। साथै, निर्माणाधीन नयाँ संसद भवनमा सबै सांसदहरूका लागि अनिवार्य कार्यकक्षको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिए। सांसदहरू तथा आगन्तुकहरूसँग भेटघाटका लागि उचित स्थानको अभाव हुँदा हाल नजिकैको चिया पसल धाउनुपर्ने बाध्यता रहेको बताउँदै उहाँले यस्तो अवस्थाको अन्त्यका लागि उचित पूर्वाधार निर्माण गर्न आग्रह गरे। सांसद ढकालले निर्माणाधीन संसद भवनलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसमा मुस्लिम सांसद तथा कर्मचारीहरूको धार्मिक आस्थालाई ध्यानमा राख्दै प्रार्थना कक्षको व्यवस्था गर्नुपर्ने माग समेत राखे।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...