संसद सशक्त भए मात्र लोकतन्त्र मजबुत हुन्छ : सांसद ढकाल



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले संसद सबल बन्दा मात्र लोकतन्त्र बलियो हुने बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले सुशासन कायम गर्न संसदको भूमिकालाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको उल्लेख गरे। उहाँका अनुसार संसदीय प्रक्रियालाई व्यवस्थित बनाउन कार्यसूचीअनुसार छलफल र निर्णय प्रक्रिया सुदृढ हुनुपर्छ। सांसद ढकालले नेपालका ४४ मित्रराष्ट्रसँग सम्बन्ध सुदृढ बनाउन गठन गरिएको संसदीय मैत्री समूहलाई प्रभावकारी बनाउन सभामुखको स्पष्ट मार्गदर्शन आवश्यक रहेको बताए। साथै, निर्माणाधीन नयाँ संसद भवनमा सबै सांसदहरूका लागि अनिवार्य कार्यकक्षको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिए। सांसदहरू तथा आगन्तुकहरूसँग भेटघाटका लागि उचित स्थानको अभाव हुँदा हाल नजिकैको चिया पसल धाउनुपर्ने बाध्यता रहेको बताउँदै उहाँले यस्तो अवस्थाको अन्त्यका लागि उचित पूर्वाधार निर्माण गर्न आग्रह गरे। सांसद ढकालले निर्माणाधीन संसद भवनलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसमा मुस्लिम सांसद तथा कर्मचारीहरूको धार्मिक आस्थालाई ध्यानमा राख्दै प्रार्थना कक्षको व्यवस्था गर्नुपर्ने माग समेत राखे।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...