कुलमान हटाउने अन्तिम कसरतमा मन्त्री खड्का



हाम्रो इकोनोमि

 

 

 ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको टकराव उत्कर्षमा पुगेको छ । मन्त्री खड्काले कुलमानलाई बर्खास्त गर्न अन्तिम कसरत थालेका छन् ।

२०७८ साल साउनमा कुलमान दोस्रोपटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । उनको कार्यकाल अब चार महिना मात्रै बाँकी छ । स्वतः अवकाश पाउने समय नजिकिए पनि मन्त्री खड्का उनलाई हटाइहाल्ने ध्याउन्नमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि कुलमानप्रति खासै सकारात्मक नरहेकाले खड्कालाई अनुकूलता मिलेको छ ।

मन्त्री खड्काले बर्खास्तिको पृष्ठभूमि बनाउन कुलमानसँग दुईपटक स्पष्टीकरण सोधिसकेका छन् । जवाफमा कुलमानले आफूलाई मन्त्रीले स्पष्टीकरण सोध्ने अधिकार नै नरहेको अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...