वामदेव गौतम तत्काल एमालेमा नफर्किने



हाम्रो इकोनोमि

 

 

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम तत्काल एमालेमा नफर्किने भएका छन् । सरकारले ल्याएका विभिन्न ६ अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत गराउने कुरामा पनि गौतमले ‘विवेक प्रयोग गर्ने’ भनेका छन् । उनी राष्ट्रपतिद्वारा मनोनीत राष्ट्रियसभा सदस्य पनि हुन् । सोमबार गौतमले भने, ‘सम्मानजनक एकता गरौं भन्ने मनस्थिति थियो, तर उहाँहरूले समायोजनका नाममा आत्मसमर्पण गर्न बोलाउनुभयो । एमालेको सचिवालय बैठकले गौतमसँग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय गरेपछि केही चरणमा छलफल भएको उनले बताए । तर, भूमिका र जिम्मेवारीबारे स्पष्ट जवाफ नपाएपछि एकताको सम्भावना टरेको उनले बताए । अहिलेलाई वार्ता टुट्यो उनले भने । राष्ट्रियसभामा पुगेका अध्यादेश स्वीकृत गराउने विषयमा एमालेले गौतमसहितका सांसदसँग कुरा गर्दा उनले ठोस जवाफ दिएका छैनन् । बहुमतको अभावमा अध्यादेश पारित गर्ने विषय पेचिलो बनिरहेको बेला गौतमले ‘विवेक प्रयोग गर्ने’ भनेपछि उक्त विषय अझै पेचिलो बन्ने भएको छ ।

गौतमले भने मैले गर्ने कुरा मैं गर्छु, तपाईंहरुलाई भनेरै गर्नुपर्छ र । उनले थपे अध्यादेश स्वीकृत गर्नुहुन्छ कि हुँदैन भन्ने कुरामा मैले आफ्नो विवेक प्रयोग गर्ने हो । एमालेका कतिपय नेताले भदौमा आयोजना गरिने विधान अधिवेशनबाट गौतमका निम्ति उचित पद सिर्जना गरिने र त्यसपछि पार्टीमा आउन आग्रह गरिरहेको उनले सुनाए । भदौपछि आउनुस्, अहिले कतै नजानुस् भनेका छन्’ एमाले नेताहरुको भनाइ सुनाउँदै उनले भने के गर्ने हो, म यसै भन्न सक्दिनँ । एकताकै विषयमा नेकपा (माओवादी केन्द्र) एकीकृत समाजवादी, जसपाहरूसँग पनि बारम्बार कुराकानी भइरहेको उनले बताए । ‘कुरा त सबैसँग चलिराखेकै छ उनले भने ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...