पारस शाहलाई हृदयघात , नर्भिक अस्पताल भर्ना



हाम्रो इकोनोमि

 

 

पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ । ‘हिजो बेलुका हृदयघात नै भएर आउनु भएको थियो । हामीले एन्जीयोप्लाष्टिक गर्यौं,’ ती चिकित्सकले भने,  अहिले स्वास्थ्य अवस्था सुधार उन्मुख छ । चिकित्सकका अनुसार पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो । पारसलाई किन पटक पटक हृदयघात भइरहेको छ, भन्ने प्रश्न ती चिकित्सकले भने, ‘राज परिवारमा हृदयघात वंशाणुगत समस्या छ । पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको देखिन्छ । ती चिकित्सकका अनुसार अबको तीन दिन अझै अस्पतालको निगरानीमा राखिनेछ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...