दल विभाजन सम्बन्धी विधेयक ल्याउँदै सरकार



हाम्रो इकोनोमि

 

 

 सरकारले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधनका लागि विधेयक ल्याउने तयारी गरेको छ । सत्ता साझेदार दल कांग्रेस एमालको सहमति अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने विधेयकलाई संसदमा अघि बढाउन लागिएको हो । यो विधेयकको दफा ३३ को व्यवस्था लामो समयदेखि निस्क्रिय रहँदै आएको छ । सोही दफालाई जगाउनका लागि विधेयक अघि बढाउन लागिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । केही दफा निस्क्रिय भएको छ । कानूनलाई निस्क्रिय अवस्थामा रहन दिनुहुँदैन । त्यसलाई पुन: जगाउनुपर्छ । त्यसैलाई जगाउनका लागि विधेयक ल्याउन लागिएको हो गृहमन्त्री लेखकले भने ।

निस्क्रिय रहेको दफामा राजनीतिक दल विभाजनसम्बन्धी व्यवस्था छ । दफा ३३ को उपदफा २ मा कुनै पनि दलको केन्द्रीय सदस्य र संघीय सांसदको ४० प्रतिशत सदस्य भएमा अर्को दल गठन गर्न सक्ने व्यवस्था छ । यो विधेयक संशोधनले दल विभाजन गर्न सहज भए केही दल फुट्न सक्छन् । संसदमा अध्यादेश अघि नबढेको बेला प्रतिपक्ष दलहरूलाई यही विषयमा दबाब दिन पनि सरकारले यो विधेयक ल्याउन लागेको हो । तर, विधेयकमा दल विभाजनको लागि के-के कति प्रतिशत राखिने भन्ने बारेमा अहिले नै तय भइसकेको छैन ।

दल विभाजनसम्बन्धीको व्यवस्थामा कति प्रतिशत राख्ने भन्ने कुरा अहिले सोचिमात्रै राखेको गृहमन्त्री लेखेकको भनाइ छ । तर, कुनै दल फुटाउनका लागि नभएको उनको भनाइ छ । पहिलेको अध्यादेशमा ल्याएको त २० प्रतिशत भनेर ल्याएको हो । अहिले कति राख्ने भन्नेबारेमा सोचिराखेको छ उनले भने  हेरेर तत्काल संशोधन गर्नु पर्ने भए गरिन्छ । थप आवश्यकता अनुसार गरिन्छ ।

मुख्य गरी यो विधेकको निस्क्रिय रहेको उपदफा २ को दल विभाजनका लागि आवश्यक केन्द्रीय सदस्य र संघीय सांसदको संख्याको प्रतिशत घटाउने र दफा ३ मा उल्लेख भएको नयाँ दलको मान्यता पाएको पाँच वर्षसम्म फुटाउन नपाउने व्यवस्थाको संशोधन हुनसक्छ । गृहमन्त्री लेखकले पनि के-कति बढाउने र के थपघट गर्ने भन्नेबारे कुरा भइरहेको बताउँछन् । यो विधेयक सरकारले  संसदकोआगामी बैठकमा लैजाने तयारी गरेको छ। प्रतिनिधि सभाको बैठक २१ गते बुधबार बस्दैछ ।

प्रतिक्रिया दिनुहोस
सन्तोष परियारले छाडे पनि रास्वपा

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन्...

सिंगापुरबाट आज स्वदेश फर्किँदै देउवा-दम्पती

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् ।...

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत...

दल र नेतालाई अवरोध गरेर चुनाव हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार...